सँगै तरौँ सागरहरू
आऊ प्रिया तिमी र म
डाँडै डाँडा उकालो
पाखै पाखा भिरालो
होस्टेमा हैँसे मिलाउँदै
सँगै काटौँ भिरहरू ।
मलाई सानो अडेसो देऊ
एक कदम माथि जानेछु
अनि, तिम्रा हात देऊ
एक कदम माथि तान्नेछु
अनि, सँगै काटौँ ढिस्काहरू ।
तिम्रो हातको छानामा
झरीमा सँग ओतौला
उर्लिँदो बाढी खोलामा
मेरो यो टेकन टेकौँला
अनि, सँगै तरौँ खोलाहरू ।
चौतारी छेउ घाम चर्को
भुटेको मकै, अचार
मिलेर हामी छायामा
गफिँदै खाऔँ मिलेर
अनि, सँगै खोलौँ पिरहरू ।
खुसीका सिमेन्ट, बालुवा
मिहिन बनाइ म मोल्छु
तिमीले एउटा खुसीको
दरिलो इँटा थपिदेऊ
अनि, सँगै बनाऔँ महलहरू ।
आशाको सानो डुङ्गामा
बुनेर चित्रा बिछ्याइदेऊ
भरोसा ठुलो बोकेर
बहनाले खियाइ तार्ने छु
अनि, सँगै तरौँ सागरहरू ।
आँधी, हुरीले उडाउला
म ढुङ्गा बनेर आड दिन्छु
पानी परेर भिजाउला
तिमी छाता बनेर ओत देऊ
अनि, सँगै काटौँ दिनहरू ।
गन्तव्य दूर क्षितिजमा
आँधी र हुरी चल्देला
बाढी भेल र वर्षात्ले
गोरेटो सबै भत्काउला
तैपनि,
आऊ प्रिया तिमी र म
प्रेमको गीत गाएर
बाँसुरी धुनको लयमा
सँगै जाऔँ अनन्तसम्म
नछुट्टिएर सयौँ जुनी ।
जन्तेढुङ्गा–६, खोटाङ, हालः काठमाडौं
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण