आजदेखि बीपी साहित्य महोत्सव
काठमाडौ । नेपाली कांग्रेसको पार्टी मुख्यालय सानेपामा आइतबार (आज)देखि तीनदिने ‘बीपी साहित्य महोत्सव’ हुँदै छ । कांग्रेसले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ११० औं जन्मजयन्तीका अवसरमा महोत्सव गर्न लागेको हो ।
बीपीका साहित्य, राजनीति, दर्शन, कूटनीति, अर्थ राजनीति, विदेशनीतिका विषयमा बहस हुनेछ । महोत्सवमा १५ सेसन चल्नेछन् । लेखक अभि सुवेदीले बीपीको साहित्य सिर्जना र जीवन दर्शनका बारेमा बोल्नेछन् ।
मार्क्स, गान्धी र बीपीका लोकतान्त्रिक समाजवादको खोजीको विषयमा आनन्दकुमारको प्रस्तुति रहनेछ । ‘परिवारले बुझेका बीपी’ शीर्षकको सेसनमा शेखर कोइराला, सुजाता कोइराला र शशांक कोइराला मुख्य वक्ता रहनेछन् ।
पहिलो दिन उद्घाटनसहित बीपीको साहित्य, सिर्जना र जीवन दर्शन, बीपीका दृष्टीमा बीपी, बीपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य र कविता साँझ हुनेछ ।
दोस्रो दिन मार्क्स, गान्धी र बीपीबारे सम्भाषण, बीपीले नपाएको १५ वर्ष, बीपीका आख्यानमा मधेश, अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बीपी, युवा श्रष्ठामा बीपी पठन र गजल साँझ हुनेछ ।
यस्तै अन्तिम दिन तीन घुम्ती, बीपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रुपान्तरण र बीपी, समय र सबाल्टर्न, बीपीका आख्यानमा नारी, परिवारले बुझेका बीपीका साथै धन्यवाद ज्ञापन र सांङ्गीतिक साँझ सेसन रहेको आयोजनकले जनाएको छ।
कार्यक्रम तयारी समितिका संयोजकसमेत रहेका सहमहामन्त्री बद्री पाण्डेले राजनीतिक दलभित्र मर्दै गएको वैचारिक शून्यतालाई जगाउन महोत्सवले टेवा पुर्याउने बताए ।
महोत्सवमा कांग्रेसजन मात्रै नभएर फरक राजनीतिक दल र विचार भएका प्रबुद्ध वर्गको समेत उपस्थिति हुने हुँदा समग्र राजनीतिक दलको वैचारिक दृष्टिकोणमाथि नै बहस हुने पाण्डेको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण