सुरेश र रचनाले ल्याए ‘अल्झिएको हुन्छु म’
आइतबार, २४ भदौ २०८०, ०७ : ३१
_jBJmZwhKLq.jpg)
काठमाडौँ । गायक सुरेश लामा र गायिका रचना रिमालको युगल गायनमा रहेको ‘अल्झिएको हुन्छु म’ बोलको गीत सार्वजनिक भएको छ । रोमान्टिक शैलीको गीतमा शब्द विष्णुबाबु देवकोटा र सङ्गीत टिका दाहालको छ । गीतमा राहुल प्रधानको सङ्गीत संयोजन रहेको छ ।
भिडियोमा कैलाश न्यौपाने र क्रिष्टिना अनुबीचको प्रेम र रोमान्स देख्न सकिन्छ । कैलाश र क्रिष्टिनाले यसै भिडियो मार्फत मोडलिङमा डेब्यु गरेका हुन् । अस्ट्रेलियाको विभिन्न रमणीय ठाउँहरूमा छायाङ्कन गरिएको गीतको भिडियोलाई सुरज पाण्डेले खिचेका हुन् ।
दिन्सन शाहको सम्पादन रहेको भिडियो भिम न्यौपानेले निर्देशन गरेका हुन् । बुद्ध ट्राभल एण्ड टुरको निर्माण सहयोग रहेको भिडियोलाई ‘बिजी इन्टरटेन्मेण्ट’ले सार्वजनिक गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्याम घिमिरेको प्रश्न : पाँच वटा अदालतमा मुद्दा खेपिरहेका रवि लामिछानेले राजीनामा दिनुपर्छ कि पर्दैन ?
-
संसद्मा रास्वपा र राप्रपाको नाराबाजी
-
अर्घाखाँचीमा श्रीमतीद्वारा श्रीमानको हत्या
-
संसद बैठक सुरु, रास्वपा र राप्रपाको अवरोध
-
बेंगलुरुको जस्तो भागदौड हुन नदिन बीसीसीआईद्वारा कमिटी गठन
-
बिरामी परिन् पप गायिका काइली मिनोग