‘जीटीभी–सारेगमपा लिटिल च्याम्प’की विजेता जेट्सनको गोदावरीमा कन्सर्ट
काठमाडौँ । भारतीय गायन रियालिटी शो ‘जीटीभी–सारेगमपा लिटिल च्याम्प’की विजेता जेट्सन डोना लामाको कन्सर्ट गोदावरीमा आयोजना हुने भएको छ । साधना कला केन्द्रले उनलाई ल्याएर ललितपुरको गोदावरी सनराइज कन्फ्रेन्स हलमा ‘ जेट्सन डोना लामा लाइभ कन्सर्ट इन नेपाल’ गर्न लागेको हो ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच आयोजकले कार्यक्रमको विभिन्न पक्षको जानकारी दिएको छ ।
कार्यक्रममा केन्द्रका अध्यक्ष मिलन मोक्तानले काठमाडौँको कपनमा रहेको बाल अपाङ्ग टेवा संस्थाको सहयोगार्थ कन्सर्ट गर्न लागिएको बताए । ‘बाल अपाङ्ग टेवा संस्थामा आश्रित बालबालिकाहरूलाई विद्यालय जान समस्या भएको पायौँ । ह्वीलचेयरमा उनीहरू विद्यालय जान सक्ने अवस्था देखिएन । यो कार्यक्रमबापत उठेको रकमको केही प्रतिशतले उनीहरूलाई गाडी अथवा भेन किन्ने उद्देश्य हो’, मिलनले भने ।
१२ वटा हिन्दी गीत उनले गाउने कन्सर्टमा नेपालकै १० जना संगीतवादकको सहभागिता रहने बताए । कार्यक्रममा नेपाली अपाङ्ग बालबालिकाहरूले पनि आफ्नो प्रस्तुति दिनेछन् । बाल अपाङ्ग टेवा संस्थाका अध्यक्ष डेन्डी शेर्पाले संस्थाको सहयोगका लागि साङ्गीतिक कार्यक्रम गरिनु खुसीको कुरा भएको बताए ।
आयोजकका अनुसार जेट्सन यही सेप्टेम्बर १७ तारिखमा नेपाल आउनेछिन् । कार्यक्रममा प्रत्यक्ष भिडियो संवादमा बोल्दै गायिका जेट्सनले नेपालमा कन्सर्ट गर्न आउन लाग्दा उत्साहित भएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण