आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा नेम्वाङको भूमिका महत्त्वपूर्ण : अध्यक्ष तिमिल्सिना

मङ्गलबार, २६ भदौ २०८०, ०९ : ०३
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । पूर्व सभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गहिरो शोक प्रकट गरेका छन् । 

पहिलो तथा  दोस्रो संविधानसभामा अध्यक्षको रुपमा नेम्वाङले खेलेको तत्त्वदायी अनुकरणीय भूमिकाको मुलुकले सधैँ स्मरण गरिरहने उनले बताएका छन् । 

तिमिल्सिनाले भनेका छन्– 'नेपालको शान्ति प्रक्रिया र संविधानसभाबाट नेपालको संविधान जारी गराउन उहाँको महत्त्वपूर्ण भूमिका थियो ।  उहाँको सुझ बुझपूर्ण ढङ्गले सबै पक्ष सँग सहज संवादका माध्यमबाट सहमति कायम गराएर विवाद निरूपण गर्ने शैली सबैका लागि अनुसरणयोग्य छ । '

नेम्वाङको निधनले नेपालको संसद्ले एक अनुभवी,  असल र लोकप्रिय संसद् एवं संसद्को पूर्व नेता गुमाएको  उनले बताए। उपाध्यक्ष नेम्वाङको गए राति हृदयाघातका कारण निधन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप