नातिकाजीका गीतसंगीतले गुञ्जियो नाचघर
काठमाडौँ । जमलस्थित सांस्कृतिक संस्थान (नाचघर) मंगलबार संगीतमय भयो । नातिकाजी स्मृति समाज र सांस्कृतिक संस्थानको संयुक्त आयोजना रहेको ‘नातिकाजी संगीत श्रवण साँझ’मा विभिन्न कलाकारले नाजिकाजीद्वारा स्वर तथा संगीतबद्ध गीतहरू गायर उनको सम्झना गरे । संगीत महर्षि नातिकाजी श्रेष्ठलाई उनकै गीत संगीतबाट स्रष्टाले सम्झिएका हुन् ।
कार्यक्रममा अग्रजदेखि नयाँ पुस्तासम्मका गायक गायिकाले नातिकाजीका डेढ दर्जन गीत प्रस्तुत गरे । नातिकाजी स्मृति समाजका अध्यक्ष तथा वरिष्ठ संगीतकार शम्भुजीत बासकोटाको सभापतित्व रहेको साँझको संगीत संयोजन तथा परिचालनमा अमूल कार्की ढलीले गरेका थिए । प्रत्यक्ष वाद्यवादनमा कलाकारले गीत प्रस्तुत गरेको कार्यक्रमको सुरुवात ओम हरहर महादेव गीतमा समूह गायनसँगै भएको थियो ।
कार्यक्रममा निशा देशार, प्रश्ना शाक्य, धर्म मुनिकारलगायतले नेपाल भाषामा सझ्याँ टिकी झ्याँ प्रस्तुत गरे । यसपछि अमूल कार्की ढलीले शुभकामना गीतको धुन सुनाए ।
त्यस्तै मञ्जु थापाले कालीपारे दाइ कति राम्रो, पूजा देवकोटा, सुप्रिम मल्लले हासौं खेलौं रोदीमा बसेर, माण्डवी त्रिपाठीले पहाड बसी गीत प्रस्तुत गरे ।
नातिकाजीद्वारा संगीतबद्ध चलचित्रका गीतहरू जसमा गायिका प्रश्ना शाक्यले फुलको थुँगा, रामकृष्ण ढकालले लुक लुक लाग्यो मलाई र कस्तुरीमा बास आउँछ, अनु चौधरीले वनमा फुल्यो फूलैफूल गीत प्रस्तुत गरेका थिए । समारोहमा लोकगीततर्फ आनन्द कार्कीले पर लैजाउ फुलहरू, सुरेश लामाले सपना भुलाई सारा, सञ्जय तुम्रुकले आजै र राति, देवीका बन्दनाले उकाली ओरालीमा, रचना रिमालले यस्तो पनि हुँदो रैछ गीत गाउँदै दर्शक रिझाएका थिए ।
कार्यक्रममा विकास राणा, वेनिशा पौडेल, स्मिता दाहाल, शिव परियार मेचु धिमाल लगायतले समेत सांगीतिक प्रस्तुति दिएक थिए ।
कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष तथा वरिष्ठ संगीतकार शम्भुजीत बासकोटाले नेपाली संगीतमा नातिकाजीको सिर्जना नयाँ पुस्तामा पुस्तान्तरण गर्न यो सांगीतिक कार्यक्रम आयोजना गरिएको धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण