तीज नृत्य प्रतियोगितामा कौशल माध्यामिक विद्यालय प्रथम
काठमाडौँ । प्रथम स्कुल स्तरीय तीज नृत्य प्रतियोगितामा कौशल माध्यामिक विद्यालयले जितेको छ । राजधानीमा आयोजित २० विद्यालयका छात्राहरुको सहभागी रहेको प्रतियोगितामा नवोधित विध्याकुञ्ज र शुभकामना स्कुल दोस्रो, त्रिलोक चिल्डेन एकेडेमी र स्प्रिङभ्याली स्कुल तेस्रो भएको छ ।
नृत्य निर्देशक संघ नेपाल, तारकेश्वर नगर कमिटीद्वारा आयोजित प्रतियोगितामा बागमती प्रदेशका प्रदेशसभा सदस्य इन्जिनियर अमन मास्के, नृत्य निर्देशक संघका केन्द्रीय अध्यक्ष भुवनदाश श्रेष्ठ, तार्केश्वोर नगर कमिटी सल्लाकार एवं वरिष्ठ कलाकार उत्तम केसी, हिम रश्मि स्कुलका प्राध्यापक लोकेन्द्रबहादुर खड्का लगायतको कार्यक्रममा सहभागी रहेका थिए ।
_p6JdgRb0v2.jpg)
विभिन्न चरणको नृत्य प्रतियोगितासहित विजेता छानिएको कार्यक्रममा विजेताले ट्रफिको अलवा बिभिन्न उपहारसमेत प्राप्त गरेका छन् । विद्यालयमा अध्ययनरत छात्रालाई तीज संस्कृतिको जानकारी दिँदै नेपाली कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता आयोजना गरिएको आयोजक टेकबहादुर लामाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण