भारतमा नेपाली महिलाको शव सुटकेसमा फेला
जयपुर । भारतको जयपुरमा एक सुटकेसमा नेपाली महिलाको शव फेला परेको छ । प्रहरीले बिहीबार ३ सय फिट गहिरो खोँचमा महिलाको शव भेट्टाएको थियो । त्यसको एक दिनपछि ती महिला नेपाली भएको पुष्टि भएको हो । उनको पहिचान भने खुलाइएको छैन ।
चित्रकुट प्रहरीका एसएचओ बलबीर कासवानले ती नेपाली महिलाको एक बच्चा पनि रहेको पत्ता लागेको जानकारी दिए । ‘हामीले बिहीबार उनको शव फेला पारेका थियौं । उनको हत्यामा संलग्न दुईजनालाई पक्राउसमेत गरिसकेका छौं। शव ल्याउन सहयोग गर्ने थप एक जनाको खोजी कार्य जारी छ,’ प्रहरीले भने ।
पक्राउ पर्नेमा ३५ वर्षीय स्वपन मण्डल र ३० वर्षीय सुमन विश्वास रहेका छन् । दुवै जना पश्चिम बङ्गालका हुन् । मण्डल हाल वैशाली नगरमा बस्दै आएको र वेश्यावृत्तिको सञ्जालमा संलग्न रहेको बताइएको छ । उनले विभिन्न स्थानबाट महिला ल्याएर होटलमा राख्ने गरेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण