बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा नेपाली महिलाको शव सुटकेसमा फेला

शनिबार, ३० भदौ २०८०, १७ : ०३
शनिबार, ३० भदौ २०८०

जयपुर । भारतको जयपुरमा एक सुटकेसमा नेपाली महिलाको शव फेला परेको छ । प्रहरीले बिहीबार ३ सय फिट गहिरो खोँचमा महिलाको शव भेट्टाएको थियो । त्यसको एक दिनपछि ती महिला नेपाली भएको पुष्टि भएको हो । उनको पहिचान भने खुलाइएको छैन ।

चित्रकुट प्रहरीका एसएचओ बलबीर कासवानले ती नेपाली महिलाको एक बच्चा पनि रहेको पत्ता लागेको जानकारी दिए ।  ‘हामीले बिहीबार उनको शव फेला पारेका थियौं । उनको हत्यामा संलग्न दुईजनालाई पक्राउसमेत गरिसकेका छौं। शव ल्याउन सहयोग गर्ने थप एक जनाको खोजी कार्य जारी छ,’ प्रहरीले भने ।

पक्राउ पर्नेमा ३५ वर्षीय स्वपन मण्डल र ३० वर्षीय सुमन विश्वास रहेका छन् । दुवै जना पश्चिम बङ्गालका हुन् । मण्डल हाल वैशाली नगरमा बस्दै आएको र वेश्यावृत्तिको सञ्जालमा संलग्न रहेको बताइएको छ । उनले विभिन्न स्थानबाट महिला ल्याएर होटलमा राख्ने गरेको प्रहरीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप