पर्व हाम्रा पहिचान र गौरव हुन् : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रो देश अनेक धर्म, अनेक संस्कृति र अनेक पर्वले समृद्ध रहेको उल्लेख गर्दै यी पर्व हाम्रा पहिचान र गौरव भएको उल्लेख गरेका छन् ।
नेपाली महिलाहरूको विशेष पर्व हरितालिका तीजका अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उहाँले समाजमा सौहार्दता र एकतालाई मजबुत तुल्याउन यी पर्वहरुले योगदान गर्दै आएको बताए।
सभापति देउवाले सबै खाले पर्वमा आपसी प्रेम, सद्भाव, विश्वास र भाइचारा व्यक्त गर्ने हाम्रो परम्पराले समाजलाई एक साझा फुलवारीका रुपमा प्रतिविम्वित गर्दै आएको उल्लेख गर्दै तीजमा चेलीहरु माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यसको विशेष महत्व रहेको बताए ।
उनले यो पर्वले आजको दिनमा हाम्रो देश, समाज र सबैको पारिवारिक जीवनमा सुखद् अपनत्व अभिवृद्धि गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा भएको कमजोरी नदोहोर्याउन आईजीपीको निर्देशन
-
करेन्ट लागेर मृत्यु भएका उपेशको परिवारलाई १५ लाख दिने सहमति
-
सुपारीको डीएनए परीक्षणमा सांसदहरूको जोड, विपक्षमा मन्त्री र कर्मचारी
-
सीटीईभीटीका सहायक निर्देशकलाई कालोमोसो
-
बालेनको निर्णय तीन वडाध्यक्षहरूले गरे इन्कार
-
जगदम्बा मोटर्सलाई दुई लाख १५ हजार जरिवाना, भाटभटेनीलाई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन