अस्ट्रेलियामा उत्कृष्ट बन्यो नेपालीको डिजिटल मार्केटिङ कम्पनी

काठमाडाैँ । नेपालीले अस्ट्रेलियामा सञ्चालन गरेको डिजिटल मार्केटिङ कम्पनी उत्कृष्टमा पर्न सफल भएको छ ।
अस्ट्रेलिया बस्ने नेपालीमूलका यूवाले सञ्चालनमा ल्याएको डिजिटल मार्केटिंग कम्पनी ‘डिजिटल एल्गोरिदम’ २०२३ को सिड्नीको स्थानीय व्यवसायलाई दिइने सम्मानका लागी उत्कृष्टमा परेको हो । सिड्नीको माउण्ट ड्रुईट सेन्ट मेरिज क्षेत्रमा रहेको डिजिटल कम्पनी आफ्नै क्षेत्रमा रहेका नयाँ व्यवसायहरू मध्येबाट छानिएर उत्कृष्ठहरूमा परेको हो ।
डिजिटल मार्केटिङ कम्पनी ‘डिजिटल एल्गोरिदम’ले अस्ट्रेलियामा वेब डिजाईनिङ, वेब डेभलोपमेन्ट, सर्च ईन्जिन अप्टिमाईजेसन, ब्राण्डिङ साथै सम्पूर्ण डिजिटल मार्केटिंगको काम गर्दछ ।
गत वर्षदेखि सञ्चालनमा आएको डिजिटल मार्केटिङ कम्पनीले अस्ट्रेलियामा बिजनेस, माईग्रेसन, अस्ट्रेलियाको अध्ययन, करिअर विकास लगायतका क्षेत्रमा १० भन्दा बढी अनलाइन मिडिया सञ्चालन गरिरहेको छ। ‘डिजिटल एल्गोरिदम’का बिजनेस डेभेलोपमेन्ट म्यानेजर मदनमणि अधिकारीले व्यवसाय सुरु गरेको पहिलो वर्षको उपलब्धिका रूपमा व्यावसायिक समुदायबाट पाएको सम्मानले आफूहरूलाई हौसला थपेको बताए ।
‘हामीलाई आफ्नो व्यवसायको सफलताको सारथि बनाउनुहुने सबै व्यवसायी र ग्राहक वर्ग नै यस खालको सम्मानको असली हकदार हुनुहुन्छ’ अधिकारीले भने।
‘डिजिटल एल्गोरिदम’ ले सिड्नीमा १५ हजार भन्दा बढी साना व्यवसायी तथा ट्रेडी (सीप व्यवसायी)लाई बजार, व्यवसाय प्रवर्द्धन, ब्राण्डिङ लगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ। साथै कम्पनीले नेपाली समुदायका व्यवसायीका लागी सुपथ र सुलभ रूपमा डिजिटल सेवाहरू प्रदान गर्ने जनाएको छ ।
अष्ट्रेलियाका साना व्यवसायी तथा ट्रेडी (सीप व्यवसायी)लाई सेवा दिइरहेको ‘डिजिटल एल्गोरिदम’ले छिटै नेपालमा पनि नेपाली व्यवसायी तथा अन्तर्राष्ट्रिय बजारमा आफ्ना सेवा पुर्याउन चाहनेहरूलाई सहयोगी हुने गरेर सेवा विस्तारको योजना बनाएको बिजनेस डेभलोपमेन्ट म्यानेजर अधिकारीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तान विस्फोट : चिनियाँ राष्ट्रपति स्तब्ध
-
झापामा लागु औषधसहित २ युवायुवती पक्राउ
-
प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच
-
खोलाले बगाएको जीप भेटियो, एक मृत फेला, दुई अझै बेपत्ता
-
गोरखा अस्पतालको स्तरोन्नति प्रदेश सरकारको प्राथामिकता : मुख्यमन्त्री पाण्डे
-
पचास लाख बराबरको बेवारिसे कपडा राजस्वको नियन्त्रणमा