स्पेनका महिला खेलाडीहरू बहिष्कार अन्त्य गर्न सहमत
मड्रिड । खेलकुद राज्य सचिव भिक्टर फ्रान्कोसका अनुसार स्पेनको महिला फुटबल टोलीका अधिकांश सदस्य आफ्नो बहिष्कार अन्त्य गर्न सहमत भएका छन् । सात घण्टाभन्दा लामो बैठकपछि बुधबार स्थानीय समयअनुसार ५ बजे यो सहमति भएको हो ।
फ्रान्कोसले स्पेनिस फुटबल महासंघ ‘तत्काल र गहन परिवर्तनहरू’ गर्न प्रतिबद्ध रहेको बताए। यस महिनाको नेसन्स लिग खेलका लागि टोलीमा परेका २३ खेलाडीमध्ये दुई जना मापी लियोन र प्याट्री गुइजारोले भने टोली छाडेका छन्।
गत २० अगस्टमा महिला विश्वकपको फाइनलमा इंग्ल्याण्डमाथि स्पेनले जित हासिल गरेपछि महासंघका तत्कालीन अध्यक्ष लुइस रुबियालेसले फरवार्ड जेनी हर्मोसोलाई चुम्बन गरेपछि बाँकी खेलाडीहरूले बहिष्कार सुरु गरेका थिए।
हर्मोसोले उक्त चुम्बन सहमतिमा नभएको भनेपछि रुबियालेस राजीनामा दिन बाध्य बनेका थिए । जबकि स्पेनका प्रबन्धक जर्ज विल्डालाई पनि बर्खास्त गरियो।
स्पेनले शुक्रबार स्वीडेन र मंगलबार स्विट्जरल्याण्डसँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
-
रास्वपा काठमाडौँको सभापतिमा राजा शाक्य निर्वाचित
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण