शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार अराजकता, हत्या र हिंसाउन्मुख भयो : अर्जुननरसिंह केसी

बिहीबार, ०४ असोज २०८०, १८ : ५२
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकहरुको आन्दोलनलाई सरकारले सहमति र सम्झौता, वार्ता र संवादद्वारा निष्कर्ष निकाल्नुपर्ने बताएका छन् । 

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले  चार लाख शिक्षकलाई सडकमा राख्नु नहुने बताए । 

उनले राष्ट्रिय रुपमा अहिले विभिन्न खालका जटिलता देखिएको भन्दै अन्तर जातीय भाइचारामा आएको द्वन्द्व, धर्मबीचको द्वन्द्व र एकले अर्कोलाई मार्छु भन्दासमेत सरकार मौन रहने स्थिति देखिएको बताए । उनले देशमा अराजकता बढेकाले त्यसबाट रोक्न कांग्रेसले भूमिका खेल्नुपर्ने बताए ।

नेता केसीले सरकार अराजकता, हत्या र हिंसाउन्मुख भएको भन्दै यस परिस्थितिलाई रोक्न काँग्रेसले भूमिका खेल्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप