अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद
बिहीबार, ०४ असोज २०८०, २२ : ५२
न्यूयोर्क । परराष्ट्रमन्त्री एनपी साउदले अतिकम विकसित देशहरूको पूर्वाधारका लागि वित्तीय साधनको परिचालन महत्त्वपूर्ण पक्ष भएको बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घको जारी ७८ औँ महासभामा ‘द समिट फर फ्युचर’ विषयक मन्त्रीहरूको सम्मेलनमा अतिकम विकसित राष्ट्रहरूको अध्यक्षको हैसियतले सम्बोधन गर्दै मन्त्री साउदले यस्तो धारणा राखेका हुन् ।
उनले भने, “अतिकम विकसित देशहरूको व्यापार समस्यालाई समाधान गर्न व्यापार सेवामा सुधार गर्दै सुविधा प्रदान गर्नु अपरिहार्य छ ।”
उनले अतिकम विकसित देशहरूको आर्थिक, सामाजिक, व्यापारिक रणनीतिमा सुधार गर्न अन्तर्राष्ट्रिय सहयोग महत्त्वपूर्ण रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण