यस्तो छ तिलक सिंह पेलाको नयाँ गीत ‘देउसरा आइगै’
शुक्रबार, ०५ असोज २०८०, ११ : ५२
काठमाडौँ । ‘के लत बस्यो...’ केही समय अगाडि सार्वजनिक चर्चित गजल हो । गीतमा गायक तिलक सिंह पेलाको स्वर छ ।
यो गजल गीत फरक शैलीमा गाएको कारण चौतर्फी चर्चा कमाउन सफल गायक पेलाको नयाँ गीत ‘देउसरा आइगै’ सार्वजनिक भएको छ । हेमन्त विवसको शब्द रहेको लोकशैलीमा तयार डोटेली गीतमा सङ्गीत तथा स्वर तिलक सिंह पेलाकै छ ।
रिदम कँडेलको एरेन्ज रहेको गीतको भिडियो समेत बनेको छ । जसमा देबु सिंह वोहरा, योगिता दाहाल र जनक महराको अभिनय देख्न सकिन्छ । देबु सिंह वोराको कोरियोग्राफी, दीपक गिरीको छायाङ्कन रहेको भिडियोमा विष्णु शर्माको सम्पादन छ ।
सुदूरपश्चिमको बैतडीका गायक पेला लामो समयदेखि शास्त्रीय सङ्गीतमा क्रियाशील छन् । ‘के लत बस्यो...’ अगाडी पनि उनले केही गीत ल्याएका थिए । तर उनी त्यति चर्चामा थिएनन् । ‘के लत बस्यो...’ पछि भने उनी सबैतिर चिनिन सफल भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण