समाचार
मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी, ८ घर जले
शनिबार, ०६ असोज २०८०, ०७ : ५२
मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा गए राति भीषण आगलागी भएको छ । राति करिब १२ बजेबाट सुरु भएको आगलागीका कारण ८ घर पूर्ण रूपले जलेका जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
जलेका घरमा कम्प्युटर पसल, मोबाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिन्डर गरी ९ वटा पसल सञ्चालनमा थिए । तार्के लामा, सोनाम लामा, जङ ऐडी, सान्तोना खत्री, पन्च सेजुवाल, पिआर मल्ल, प्रदीप रावल र पुतली शाहीको घर पूर्ण रूपमा जलेको छ ।
त्यसै गरी उक्त घरमा सञ्चालित महम्म्त साकिर कवडिया, साजन सल्मानी, शेरबहादुर मल्ल, रुपदेवी बुढा, उद्दिम भाम, पिआर मल्ल, लक्ष्मी मल्ल, नरेश शाही र पूर्णा लक्ष्मी मल्लको पसलमा पनि पूर्ण क्षति पुगेको छ ।
विसं २०७८ कात्तिक २९ गते पिन गमगढी बजारको तल्लो बजारमा आगलागी हुँद १९ घर जलेर नष्ट भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण