एमाले बागमती प्रदेश अधिवेशन : मतदाता नामावली प्रकाशन

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम बुधबारदेखि सुरु भएको छ । निर्वाचन कार्यालयले मतदानका लागि मतदाताहरुको नामावली प्रकाशित गरिएको छ ।
एमाले पार्टी कार्यालयमा सोमबार सुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत बुधबार बिहान ११६५ मतदाताको नामावली प्रकाशन गरिएको हो । कार्यालयले उम्मेदवारहरुका लागि बिहान ११ः३० बजेदेखि फारम वितरण गर्ने जनाएको छ ।
एमाले बागमती प्रदेशले निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै उम्मेदवारी दर्ता आज र निर्वाचन बिहीबार गर्ने जनाएको छ । बिहान मतदाता नामावली प्रकाशन र उम्मेदवारी दर्ता पछि दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने तयारी छ ।
नेता शेरबहादुर तामाङका अनुसार असोज ११ गते बिहीबार मतदान हुनेछ । मतदान बिहान ८ बजेदेखि सुरु हुने एमाले बागमती प्रदेश कमिटीले जनाएको छ । एमाले बागमती प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन हुन लागेको हो । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २४० सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार उद्घाटन गरेको बागमती प्रदेश अधिवेशन नयाँ नेतृत्व चयन गरेर सकिनेछ ।
मंगलबार बन्दसत्रमा प्रदेश कमिटी अध्यक्ष केशवराज पाण्डेले प्रतिवेदन पेस गरेका थिए । १३ जिल्ला र जनसंगठन विभागसहितको ७ समूहमा प्रतिवेदनमाथि छलफल भएको थियो । प्रतिवेदनमाथि आनन्दकुमार श्रेष्ठ, बद्री मैनाली, हस्त पण्डित, कमल पाठक, एकलाल श्रेष्ठ, वेलीमाया घले र रमेश पौडेलले धारणा राखेका थिए । नेताहरूले राखेका धारणाको अध्यक्ष पाण्डेले जवाफ दिएपछि सुझावसहित प्रतिवेदन पारित भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
-
बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ : प्रधानमन्त्री
-
मनमोहक मार्फा (तस्बिरहरू)
-
एकीकृत समाजवादीका भ्रातृ संगठनमा किन बल्झिरहन्छ विवाद ?
-
पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
एमालेलाई गुरुङको जग्गादान : सर्वोच्चले कानुनसम्मत देखेको आधार (पूर्णपाठ)