एमालेको बागमतीको नेतृत्व चयनमा सहमतिको प्रयास असफल

काठमाडौँ । एमाले बागमती प्रदेशको अध्यक्ष पदमा सहमति जुटाउने प्रयास असफल भएको छ ।
बुधवार बिहान अध्यक्ष मण्डलले प्रदेश कमिटी अध्यक्ष पदका आकांक्षीहरुसँग गरेको सहमतिको प्रयास असफल भएको हो । स्थायी कमिटी सदस्य समेत रहेका निर्वाचन मण्डलका संयोजक गुरु बरालसहितको टोलीले अध्यक्षका आकाङ्क्षी कैलाश ढुङ्गेल र कृष्णप्रसाद दाहालसहित अन्य नेतासँग छलफल गरेको थियो । छलफलमा मुख्यगरी ढुङ्गेल र दाहाल दुवैले उम्मेदवारी दिने अडानबाट पछि नहटेपछि मतदानमार्फत नै छिनोफानो हुने गरी संवाद सकिएको एक नेताले जानकारी दिए ।
‘सहमतिको प्रयास भएको थियो । तर आकाङ्क्षीहरूले प्रतिस्पर्धा नै गर्ने चाहाना राख्नुभयो’, अध्यक्ष मण्डलका एक नेता भने, ‘लोकतान्त्रिक पद्धतिबाट प्रतिस्पर्धा हुने देखियो ।’ उनका अनुसार अध्यक्ष मण्डलले अझै सहमतिको प्रयास भने जारी राख्नेछ ।
अध्यक्षका आकाङ्क्षी ढुङ्गेल र दाहालले पनि अव मतदानमार्फत नै नेतृत्वको छिनोफानो हुने बताए ।
सुरुमा अध्यक्ष पदका आकाङ्क्षी ५ जना रहेकोमा सानु श्रेष्ठ, कृष्णभक्त पोखरेल र केशव पाण्डे भने सहमति गर्न केही लचकता देखाएका थिए । एमाले बागमती प्रदेश अधिवेशनमार्फत पाँच पदाधिकारीसहित २४० सदस्यीय नयाँ कार्यसमिति चयन हुँदैछ । निर्वाचन मण्डलले बुधवार साँझ उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र बिहीबार बिहान ८ बजेबाट ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलबाट १० किलो गाँजा बरामद
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
नागरिक उन्मुक्ति पार्टीले अझै टुंगो लगाउन सकेन मन्त्रीको नाम
-
४ वटा निजी विद्यालयमा वाणिज्य विभागको छापा
-
‘बिचौलियाको चलखेलका कारण सरकारले गभर्नर नियुक्त गर्न सकेन’
-
माया राई सहकारीमा हुँदा साढे २ करोड अपचलन, ३७ लाख ३५ हजार बिगो दाबीसहित मुद्दा दायर