शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

अभियन्ता ईःसँग वार्ता गर्न संघीय सरकारले पहल गर्नुपर्‍यो : सांसद केसी

बुधबार, १० असोज २०८०, १९ : ०१
बुधबार, १० असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले काठमाडौँ महानगरपालिका अगाडी उभिएर आन्दोलन गरिरहेका अभियन्ता ईः सँग वार्ता गरी समस्या समाधान गर्न सरकारले पहल लिनुपर्ने बताएका छन् । 

बुधबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद केसीले अभियन्ता ईः काठमाडौँ महानगरपालिकासँग विभिन्न माग राखी मेयरको कार्यालय अगाडी उभिइरहेको भन्दै माग सम्बोधन गराउन संघीय सरकारले पनि पहल गर्नुपर्ने बताएका हुन् । उनले नागरिकको ज्या बचाउने कुरा प्रदेश वा स्थानीय सरकारसँग मात्रै सम्बन्धित नहुने बताए । 

सांसद केसीले अभियन्ताहरुको परिस्थिति जटिल बन्दै गइरहेको उल्लेख गर्दै संघीय सरकारले नगरपालिकाको स्वायत्तता भनेर मात्रै बस्न नमिल्ने बताए । उनले समस्या समाधानका लागि सरकारले पहलकदमी लिनुपर्नेमा जोड दिए । 

त्यस्तै सांसद केसीले निरन्तर चिकित्सकहरु कुटिइरहेका भन्दै सरकारको त्यसतर्फ पनि ध्यानाकर्षण गराए । उनले आन्दोलनरत राहत शिक्षकहको समस्या पनि समाधान गर्नुपर्ने बताए ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप