शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एमाले बागमतीको निर्वाचन : उम्मेदवारहरु भोट माग्न व्यस्त (तस्बिरहरु)

बिहीबार, ११ असोज २०८०, १० : ५४
बिहीबार, ११ असोज २०८०

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान अझैसम्म सुरु हुन सकेको छैन । निर्वाचन समितिले ठोस जानकारी नदिँदा कतिबेलादेखि मतदान सुरु हुने भन्नेमा अन्योलता देखिएको प्रतिनिधिहरुको भनाइ छ । 

बिहीबार  बिहान प्रारम्भिक नामावली सार्वजनिक गर्ने, त्यसपछि अन्तिम नामावली प्रकाशित गरेर मतदान गर्ने पूर्वनिर्धारित तालिका अनुसार निर्वाचन कार्यक्रम अघि बढ्न नसकेको हो । 

बुधबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा उम्मेदवारहरूको मनोनयन दर्ता गरिएको थियो । अध्यक्ष पदका लागि मात्रै पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । कृष्णप्रसाद दाहाल, केदारबहादुर बुढाथोकी, कैलाश प्रसाद ढुंगेल, सानु कुमार श्रेष्ठ र केशवराज पाण्डे अध्यक्षका आकाङ्क्षी देखिएका छन् । प्रदेश अधिवेशनको मतदान ४० वटा विद्युतीय मेसिनमार्फत गर्ने तयारी छ । 

यसैबीच मतदानको अन्योलताका बीच उम्मेदवारहरु च्यासल परिसरमा चुनाव प्रचारप्रसारमा व्यस्त देखिन्छन् । अध्यक्षदेखि अन्य पदका उम्मेदवारहरु आफ्नो पक्षमा माहोल बनाउन भोट माग्न व्यस्त बनेका हुन् । 

382259764_987205779171564_8976297399152879592_n382259825_703979964391792_7225364246448682003_n382260335_2286447538207853_7207990102361407678_n382267592_278852174965773_1431938069445257342_n382276866_3601345630146844_2475878150953519376_n384201545_2977756729025055_3215799156829126655_n384304563_6396403673741544_6980939324975738770_n384477068_3380388652271447_2056439596489110305_n384489388_306230275344750_4595487835735686082_n

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप