एमाले बागमती अधिवेशन
नयाँ नेतृत्व चयनका लागि एमाले बागमतीमा मतदान सुरु
अध्यक्षमा ढुंगेल र दाहालबीच प्रतिस्पर्धा
शुक्रबार, १२ असोज २०८०, १२ : ०२
_hRdHpBc6jz.jpg)
काठमाडौँ । नेकपा (एमाले) बागमती प्रदेशमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पदाधिकारीसहित सबै पदका लागि निर्वाचन प्रक्रिया प्रारम्भ भएको निर्वाचन समितिले जनाएको छ । पटक पटक निर्वाचन कार्य तालिका फेरबदलपछि अपरान्ह साढे १ बजेदेखि मतदान सुरु भएको हो ।
अध्यक्ष पदका लागि रामेछापका कैलाश ढुङ्गेल र मकवानपुरका कृष्णप्रसाद दाहाल प्रतिस्पर्धामा छन् । सचिवमा नवराज सिलवाल र हस्त पण्डित रहेका छन् ।
यस्तै चितवन, सिन्धुपाल्चोक,काभ्रे, रसुवामा सर्वसम्मत भएको र ९ जिल्लामा आंशिक निर्विरोध भएको नेता शेरबहादुर तामाङले जानकारी दिएका छन् । एक अध्यक्ष, उपाध्यक्ष १, सचिव १, २ उपसचिवसमेत २४५ कमिटीका लागि निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हामीलाई ५/१० दिनमा लाइसेन्स चाहिएको छ, यता पानीजहाज कार्यालय उद्घाटन गर्ने काम हुँदैछ’
-
पाँच करोडभन्दा बढी रकम दुरुपयोग गरेको भन्दै बारा हुलाक कार्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
-
ट्यारिफको कारण अमेरिकामा महँगी बढेको आशङ्का
-
बीसीसीआईको निर्णयले पञ्जाबका समर्थकलाई झट्का
-
मध्यपूर्वको भ्रमणको क्रममा साउदी अरब आइपुगे ट्रम्प
-
ट्रम्पको साउदी भ्रमणमा मस्क पनि साथमा