‘परदेशी २’को बलियो पक्ष सङ्गीत र कथा हो : केकी
काठमाडौँ । अभिनेत्री केकी अधिकारीले ‘परदेशी २’ बलियो पक्ष गीतसङ्गीत र कथा भएको बताएकी छन् । पछिल्लो समय ‘परदेशी २’ प्रचार प्रसारका लागि मोफसल दौडमा रहेकी केकीले यो फिल्म आफ्नो ३३औँ फिल्म भएको जानकारी दिइन् ।
‘‘परदेशी २’ बिदेसिएका व्यक्तिको पर्खाइमा सधैँ रहने परिवारको कथा हो । यसमा प्रेम, सामाजिक विषयवस्तु सबै समेटिएको छ’, केकीले भनिन् ‘फिल्म मनोरञ्जनको एउटा पूर्ण प्याकेज पनि हो ।’
फिल्ममा अभिनेत्री केकीको जोडी गायकबाट अभिनयमा भित्रिएका प्रकाश सपूत बनेका छन् । केकीले प्रकाशसँग आफ्नो जोडी निकै राम्रो जमेको बताइन् । भनिन्, ‘सपुतको अभिनय कौशलतालाई हेर्दा नयाँ जस्तै लागेन । पहिलेदेखि नै फिल्म क्षेत्रमा लागेजस्तो देखियो । मेरो र उहाँको जोडी दर्शकले परफेक्ट पाउनेछन् ।’
‘परदेशी’को सिक्वेलको रूपमा निर्माण भएको ‘परदेशी २’ नारायण रायमाझीले निर्देशन गरेका हुन् ।
फिल्ममा केकी र प्रकाशको अलावा वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, प्रशान्त तामाङ, दिलीप रायमाझी, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्कीलगायतको अभिनय छ । राजेश बंशल (अग्रवाल) र नारायण रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा मानकृष्ण महर्जनको छायाङ्कन, बीबी अनुरागी र नारायण रायमाझीको सङ्गीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी छ ।
अष्ट महर्जनको द्वन्द्व, दीर्घ खड्काको सम्पादन रहेको फिल्म अगामी २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण