एमाले बागमती अधिवेशन
एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल जीत नजिक
शुक्रबार, १२ असोज २०८०, २३ : २१

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशको जारी मतगणनामा अध्यक्षका उम्मेदवार कैलाश ढुंगेल जीत नजिक पुगेका छन् । उनले अध्यक्षका अर्का उम्मेदवार कृष्ण दाहालले भन्दा १९४ बढी मत पाएर अग्रता बनाइरहेका छन् ।
हालसम्म कुल ८५० मत गणना हुँदा कृष्ण दाहालले ३२८ र कैलाश ढुङ्गेलले ५२२ मत पाएका छन् । बागमतीमा कुल ११३५ मत खसेको छ । अब मात्र २८५ मत गन्न बाँकी छ।