प्रवासी नेपाली एकता मञ्च कुवेतको तेस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा युवराज
कुवेत । नेकपा एकीकृत समाजवादीको प्रवासको सङ्गठन प्रवासी नेपाली एकता मञ्च कुवेतको अध्यक्षमा युवराज गैरे पुनः चयन भएका छन् ।मञ्चको शुक्रबार सम्पन्न तेस्रो अधिवेशनले गैरे अध्यक्ष रहेको ३३ सदस्यीय कुवेत राष्ट्रिय कमिटी गठन गरेको हो ।
अधिवेशनले कुवेत राष्ट्रिय कमिटीको प्रथम उपाध्यक्ष देवसम्सेर घिसिङ, उपाध्यक्षहरूमा टीका पौडेल, बिना सापकोटा, धनेश्वर यादव र अशोक शाहलाई सर्वसम्मत चयन गरेको छ।
कमिटीको महासचिव इन्द्रदेव शर्मा, उप महासचिव उमलाल भण्डारी, सचिव द्वय वसन्त पोखरेल, रेनुका पुरी, उपसचिव द्वय नसिब राउत कवारी, पूर्ण लम्साल र कोषाध्यक्ष तनबिर आलम मिकरानी छनौट भएका छन्।
यसै गरी कमिटीको सदस्यहरूमा एमडी अब्जल, खिम बिक, मोहम्मद अख्तर, प्रदीप परियार, नागेन्द्र महतो, कमला थामी, लक्ष्मी तामाङ, धन बिसी, शिव भण्डारी, महेश भुसाल, चन्दन दास, नारायण बन्जाडे, अरुण चौधरी, सुशील चौधरी, भीम बहादुर खत्री, राजकुमार परियार तथा केशव बहादुर सारु छन् भने कमिटीको सल्लाहकारमा सूर्य लामा,शशी अमात्य र दीपक शाहलाई चयन गरेको छ।
सचिव टीका पौडेलको सञ्चालन तथा युवराज गैरेको अध्यक्षतामा भएको अधिवेशनमा नेकपा एकीकृत समाजवादी केन्द्रीय परिषद् सदस्य मधुकर रिजालको प्रमुख आतिथ्यमा भएको थियो। समाजवादी आन्दोलनको पङ्क्तिमा लामबद्ध भएको भन्दै नवनिर्वाचित कमिटीलाई प्रमुख अतिथि रिजालले शुभकामना दिँदै प्रवासी नेपालीका समस्यामा जोडिदैं राजनीतिलाई समाज रूपान्तरणको प्रमुख विषय बनाउनु पर्ने बताए । एनआरएनए कतारका निवर्तमान अध्यक्ष तथा प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय सदस्य महोम्मद मुक्तदा मुसलमान लगायत कुवेतका विभिन्न सामाजिक सङ्घ संस्थाका प्रतिनिधिले अधिवेशन सफलताको शुभकामना दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण