शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

देशमा विधि विहीनताले पराकाष्ठा नाघ्यो : नेता केसी

आइतबार, १४ असोज २०८०, १८ : ३२
आइतबार, १४ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले देशमा विधि विहीनताले पराकाष्ठा नाघेको बताएका छन् । 

आइतबार काठमाडौँमा आयोजित १४ औँ महाधिवेशनको म्याण्डेट र पार्टी रुपान्तरणको जल्दाबल्दा सवाल विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशको सबैभन्दा ठूलो अग्रगामी कदमको रुपमा भ्रष्टाचार अघि बढिरहेको भन्दै दुःख व्यक्त गरे । 

नेता केसीले भ्रष्टाचारमुक्त समाजको निर्माण नभएसम्म सुशासन कायम नहुने बताए । उनले राज्यमा सुशासन भएन भने जनतामा अनुशासन नहुने भन्दै हरेक ठाउँमा अराजक मनोवृत्तिहरु विकास भइरहेको बताए । उनले नेपाली हौँ भन्ने भावनालाई खुला रुपबाट चुनौती दिएपनि कारबाही हुन नसकेको बताए ।

नेता केसीले महंगी र मूल्यवृद्धिले नेपालका आम जनता हतोत्साहित अवस्थामा रहेको बताए । उनले रुपान्तरण र वैचारिक पुनःजागरण अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको बताए । जबसम्म समानुपातिक निर्वाचन प्रणाली भएसम्म पार्टी नबन्ने बताए । 

नेता केसीले यति ठूलो संख्यामा केन्द्रीय संसद्, प्रदेश सभा आवश्यक नरहेको बताए । उनले पार्टीमा सभापतिले जे निर्णय गर्छ त्यही सर्वमान्य हुने हो भने क्रियाशील सदस्यले सभापति चुन्ने विधानसहित सभापतिय पद्धतिमा जानुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप