दक्षिण कोरियामा विपिन कुमार गुरुङको संयोजकमा राष्ट्रिय समन्वय कमिटी गठन
सोमबार, १५ असोज २०८०, १५ : ४७
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियामामा विनोद कुँवर पक्षधरले छुट्टै कमिटी (राष्ट्रिय समन्वय परिषद्) गठन गरेको छ । कुँवरको प्रमुख आतिथ्य तथा सचिव जुनु गुरुङको विशेष आतिथ्यमा भएको भेलाबाट विपिन कुमार गुरुङको संयोजकत्वमा समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा महेश बजागाई, जित कुँवर तथा महासचिवमा प्रशान्तराज बानियाँ, सचिवमा अवदेश राज चौरासिया, सहकोषाध्यक्षमा मदन गौतम, युवा संयोजकमा अजय सोडारी, महिला संयोजकमा सोरी रानाभाट चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा युवराज गौतम, नरेश शर्मा, अविरल राम वुढाथोकी, विमला सुनुवार र गोबिन्द पोखरेल चयन भएका छन् ।
बाँकी रहेका रिक्त पदहरु कार्यसमितिले चाँडै परिपूर्ति गर्ने निर्णय भएको अध्यक्ष कुँवरले बताए ।
एनआरएनएको कुँवर पक्षको विभिन्न देशमा राष्ट्रिय कमिटी गठन भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व सङ्कलन
-
हिमालको स्वाद संकटमा : क्यान्जेनको याक चिज जोगाउन सकस (तस्बिरहरू)
-
युक्रेनी आक्रमणले रुसी अर्थतन्त्र र समाजमा असर पारेको छ : भ्लादिमिर पुटिन
-
बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
-
सेफ सन्तोष साह धनुषाबाट पक्राउ
-
नेकपाको कार्यविभाजनप्रति कालिकोटमा असन्तुष्टि, साबिक समाजवादीले बोलायो छुट्टै बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण