भारतीय गायक रितो रिबा नेपाल आउँदै
काठमाडौँ । भारतीय चर्चित गायक रितो रिबा नेपाल आउने भएका छन् । टौवा इभेन्ट र वेलहान इन्टरटेनमेन्टको आयोनामा यही असोज २७ गते शनिबार काठमाडौँको ठमेलस्थित फरेनहाइटमा लाइभ कन्र्सटका लागि रिबा नेपाल आउने भएका हुन् ।
२७ गते काठमाडौँमा हुने लाइभ कन्सर्टमा रिबाको बेजोड प्रस्तुति रहेको कार्यक्रम संयोजक विजय प्रसाद बस्यालले बताए ।
लाइभ कन्सर्टमा सहभागीका लागि ७ बजेदेखि नै खुल्ला गरिने छ । रिबा १० बजे स्टेज चडने आयोजकले जनाएको छ ।
लाइभ कन्सर्टमा प्रवेशका लागि १५ सय रुपैयाँ शुल्क लाग्ने कार्यक्रम संयोजक बस्यालले जानकारी दिए । टिकट अनलाइन बुकिङ्ख मार्फत गरिने उनले बताए ।
केहि समयअघि रितो रिबालाई इन्डियन आइडल १३ मा टप १५ मा स्थान दिइएन । शोको स्टेजमा उनलाई रिजेक्ट गरिए पनि सामाजिक सञ्जालमा निकै रुचाइएको छ । जजहरुको रिजेक्ट पछि नै उनको भाग्य चम्किएको छ ।
रितो रिबाको ‘तू मेरी हीर’ मिलिएन पटक हेरिएको छ । उनका चर्चित गित ‘इक तुहि’मेरी बना गी क्या चर्चामा रहेका छन् । रिबाले भारतमा सांगितिक क्षेत्रमा धमका मच्चाएका छन् । युवा पुस्तामा निकै लोकप्रिय गायकका रुपमा चिनिएका समेत छन् । भारतमा सयौँ सांगितिक कार्यक्रम सम्पन्न गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण