कर्णाली राजमार्गमा क्षति

जुम्ला । जुम्ला, कालीकोट र मुगुका स्थानीय तहमा भइरहेको ग्रामीण सडक निर्माणले कर्णाली राजमार्गमा क्षति पुगेको छ । पछिल्लो समयमा यहाँका स्थानीय तहमा गाउँगाउँमा जोड्ने ग्रामीण सडक निर्माणको होडबाजीले कर्णाली राजमार्गलाई क्षति पु¥याएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र बिष्टको भनाइ छ ।
मुख्य राजमार्गलाई ख्यालै नगरी जथाभावी सडक निर्माण गरिँदा वर्षा तथा हिमपातका बेला पहिराले राजमार्गमा क्षति पु¥याएको उनको भनाइ छ । “मापदण्ड विपरीत ग्रामीण सडक निर्माणले राजमार्गलाई जोखिममा पारेको छ”, उनले भने, “सडक डिभिजन जुम्लाको कार्यक्षेत्रमा पर्ने कालीकोटको शुभकालिका गाउँपालिका, खाँडाचक्र र तिलागुफा नगरपालिका, तिला तातोपानी, चन्दननाथ, हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिका र मुगुमा पर्ने छायानाथ रारा नगरपालिकामा भएक ग्रामीण सडक निर्माणले राजमार्गमा असर पुगेको छ ।”
सार्वजनिक सडक ऐन २०३१ बमोजिम राजमार्गबाट पहुँच सडक बनाउनका लागि स्वीकृति र कार्यालयसँग समन्वय गरी सडक निर्माण गर्न भनी परिपत्र गरिए पनि कुनै स्थानीय तहले कार्यान्वयन नगरेको कार्यालय प्रमुख बिष्टको भनाइ छ ।
कालीकोटको शुभकालिका गाउँपालिकाले साविक कर्णाली राजमार्गको दहीखोला नजिकैबाट गाउँ जाने सडक बनाएको कारण राजमार्गमा ढुङ्गाहरू खसेर सडकमा क्षति भएको छ । साथै वर्षाको समयमा हिलो राजमार्गको सडकमा आई सडक अवरुद्ध हुने गरेको छ ।
त्यस्तै तिलागुफा नगरपालिकाको फोइमहादेव जाने सडक निर्माणले वर्षाको समयमा माटो र पानीसँगै लेदो बनेर सडकमा खस्ने गरेकाले भीग्ममा वर्षाको समयमा सधैँजसो सडक अवरुद्ध भई हिलो सफा गर्दै यातायात पुनः सञ्चालन गर्नुपर्ने अवस्था आएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख बिष्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा हुने नेपाली फिल्म महोत्सवको तयारी तीव्र, विश्वभरबाट ३९८ आवेदन प्राप्त
-
ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
-
पाकिस्तानको दाबी-भारतका प्रमुख सैन्य र पूर्वाधार लक्ष्यमा आक्रमण
-
पाकिस्तानको एयर स्पेस अस्थायी रूपमा बन्द, भारतले ३२ विमानस्थल बन्द गर्यो
-
पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य
-
चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा