तीन ब्याट्सम्यानको उत्कृष्ट अर्धशतकपछि पनि अस्ट्रेलियासँग केही लागेन पाकिस्तानको

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको अभ्यास खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई १४ रनले हराएको छ । टस जिती पहिलो ब्याटिङको निर्णय लिएको अस्ट्रेलियाले निर्धारित ओभरमा सात विकेट गुमाएर तीन सय ५१ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले भने ४७.४ ओभरमा अलआउट हुनुअघि तीन सय ३७ रनमात्र बनाउन सक्यो । हैदराबादमा खेलिएको उक्त खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ७७ रनको योगदान गरे ।
छैटौँ नम्बरमा क्रिज समाल्न आएका म्याक्सवेलले ७१ बलको सामना गरी ६ छक्का र चार चौका पनि हिर्काएका थिए । सातौँ नम्बरका ब्याट्सम्यान क्यामरुन ग्रिनले पनि टोलीको खातामा अविजित ५० रन थपे । उनले ४० बलमा एक छक्का र चार चौका प्रहार गरे ।
त्यसअघि डेभिड वार्नन र मिचेल मार्सले ओपनिङ विकेटका लागि ८३ रनको साझेदारी गरेका थिए । वार्नरले ३३ बलको सामना गरी तीन छक्का र चार चौकाको मद्दतले ४८ रन बनाए । मार्सले पनि टोलीको खातामा ३१ रन थपे ।
मार्नस लाबुसचाग्नेले ४० रन बनाए भने स्टिभन स्मिथले २७ रन बटुले । तल्लोक्रमका ब्याट्सम्यान जस इनग्लिसले पनि ३० बलमा एक छक्का र आठ चौकाको मद्दतले ४८ रनको योगदान गरे । पाकिस्तानी बलर उसमा मिरले दुई विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको पाकिस्तानका लागि तीन ब्याट्सम्यानले उत्कृष्ट अर्धशतकीय पाली खेले पनि टोलीलाई जित भने दिलाउन सकेनन् । बाबर आजमले ‘रिटायर्ड हर्ट’ भई पेभेलियन फर्किनुअघि ९० रन बनाएका थिए । उनले केवल ५९ बलमा दुई छक्का र ११ चौका हिर्काएका थिए ।
इफ्तिखार अहमदले पनि टोलीको खातामा ८३ रन थपे । उनले ८५ बलमा चार छक्का र ६ चौका हिर्काएका थिए । मोहम्मद नवाजले पनि पाकिस्तानका लागि ५० रनको योगदान गरे । उनले ४२ बलमा एक छक्का र चार चौका हिर्काएका थिए । ओपनर फाखर जामनले २२ रन बनाएका थिए । अस्ट्रेलियाका बलर मार्नस लाबुसचाग्नेले तीन विकेट लिए । प्याट कुमिन्स र मिचेल मार्सले दुई—दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सालघारीको फडानी हुने क्रमलाई कडाइका साथ रोकिनेछ : प्रधानमन्त्री
-
महिलाहरूले ताने रातो मच्छिन्द्रनाथको रथ
-
विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको सपथ
-
दर्शन नपढाई दर्शनभित्रै पाठकलाई घुमाइरहने उपन्यास ‘अर्हत्’
-
कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न एमालेकाे माग
-
पूर्वाधारमा आक्रमण गरेको भन्ने पाकिस्तानको दाबी 'झूटो' : भारत