अखिल (क्रान्तिकारी) आरआर क्याम्पस इकाइका पदाधिकारीद्वारा केन्द्रीय सचिव र इकाइ अध्यक्षलाई कारबाहीको माग
काठमाडौँ । । गत वैशाख १७ गते रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पस स्ववियु निर्वाचन समितिबाट प्रकाशित “स्ववियु निर्विरोध निर्वाचित” सम्बन्धी सूचनाले क्याम्पसको विद्यार्थी राजनीतिमा ठुलो हलचल ल्याएको छ ।
उक्त सूचनामा अखिल (क्रान्तिकारी), रत्नराज्यलक्ष्मी क्याम्पस इकाइ समितिको नाम जबरजस्ती समावेश गरिएको भन्दै सङ्गठनभित्रै गम्भीर असन्तुष्टि व्यक्त गरिएको छ ।
इकाईको ९ जना पदाधिकारी समितिमध्ये ६ जना पदाधिकारीले हस्ताक्षरसहित केन्द्रीय अध्यक्ष विजय प्रकाश सापकोटालाई ज्ञापनपत्र बुझाउँदै आफ्नो सङ्गठनको नाम अवैधानिक रूपमा सूचनामा समावेश गरिएको भन्दै विरोध जनाएका छन् ।
उनीहरूका अनुसार सङ्गठनभित्र कुनै सल्लाह, परामर्श वा सहमति विना, केन्द्रीय सचिव शिशिर बस्याल र इकाइ अध्यक्ष संगम कुमार लामाले व्यक्तिगत स्वार्थ तथा बाह्य दबाबमा परेर उक्त निर्णयमा साथ दिएका छन् । संगम कुमार लामा भने स्ववियु उपाध्यक्ष भएका थिए ।
ज्ञापनपत्रमा लेखिएको छ, “यस प्रकारको कार्यले सङ्गठनको सैद्धान्तिक निष्ठा, सामूहिक निर्णय प्रक्रिया र सङ्गठनात्मक अनुशासनमा गम्भीर चोट पुर्याएको छ,“साथै सङ्गठनको विधानअनुसार भाग ८ को धारा ३५(१) र भाग ४ को धारा ११ का उपदफा (४), (५), (६) अनुसार उनीहरू विरुद्ध सङ्गठनात्मक कारबाहीको माग गरिएको छ ।
हस्ताक्षर गर्ने पदाधिकारीहरूमा उपाध्यक्ष लक्ष्मण सुनार, उपाध्यक्ष दीपक बिष्ट, सचिव टोपबहादुर कार्की (अजय), सहसचिव रमेश नेपाली (केपी), सहसचिव पासाङ पुन र कोषाध्यक्ष केश विश्वकर्मा रहेका छन् ।
उनीहरूले केन्द्रीय समितिसमक्ष आह्वान गरेका छन् कि सङ्गठनको सैद्धान्तिक अखण्डता, अनुशासन र सामूहिक निर्णय प्रक्रियालाई बलियो बनाउन शिशिर बस्याल र संगम कुमार लामालाई जिम्मेवारीबाट हटाई आवश्यक अनुशासन कारबाही तत्काल गरियोस् र अनुशासनको कारबाही नहुँदा सम्म कुनै पनि जिम्मेवार प्रदान नगर्न भनी ज्ञापन पत्र बुझाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण