शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय
फोटोफिचर

तस्बिरमा हेर्नुहोस् पर्यटकका लागि आकर्षक गन्तव्य अन्नपूर्ण चक्रीय पदमार्ग

शनिबार, २७ वैशाख २०८२, ०९ : २९
शनिबार, २७ वैशाख २०८२

काठमाडौँ । अन्नपूर्ण चक्रीय पदमार्ग त्यस क्षेत्रका सुन्दर पहाड,  विविध सामाजिक, आर्थिक र सांस्कृतिक पक्षहरूको अवलोकन तथा पद पर्यटनमा रमाउनेहरूको लागि एक उत्तम गन्तव्य हो । हिउँले ढाकिएको विशाल पर्वतहरू पदयात्राको क्रममा देख्न र अनुभूत गर्न पाइने हुँदा यस पदमार्ग विश्वमै चर्चित बनेको छ ।

यस पदमार्ग अन्तर्गत ६ जिल्ला पर्ने गर्दछन् । जसमा बागलुङ, कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दी रहेका छन् । लमजुङको बेशीशहरबाट पदयात्रा सुरु गरेर करिब २५ दिनमा कास्कीको पोखरा पुग्न सकिन्छ ।

यस पदमार्गमा अन्नपूर्ण हिमशृङ्खला (अन्नपूर्ण पहिलो र चौथो), धौलागिरि, माछापुच्छ्रे, मनासलु, गङ्गापूर्ण, हिउँचुली, टुकुचे चुचुरो, तिलिचो चुचुरो, पिसाङ चुचुरो, थोरोङ चुचुरो र पाउङ्दा डाँडा लगायत ६हजारदेखि ८हजार मिटर उचाइका अन्य धेरै चुचुराहरू आँखै अगाडि देख्न पाइन्छ ।

यस चक्रीय पदमार्ग अन्तर्गत पर्ने थोरोङ ला भन्ज्याङ (५,४१६ मिटर) अन्नपूर्ण पदयात्रा क्षेत्रको सबैभन्दा लोकप्रिय र सुन्दर भन्ज्याङ मध्ये एक हो । यो मनाङ र मुस्ताङ जिल्लाको बिचमा अवस्थित छ ।

ABC track photo (2)

कहिलेकाहीँ डिसेम्बरदेखि फेब्रुअरीसम्म जाडो मौसममा भारी हिउँ परेमा थोरोङ ला भन्ज्याङ चुनौतीपूर्ण बन्ने गर्दछ । विश्व चर्चित यस पदमार्गमा अहिले सडक निर्माण हुँदा पदयात्रा छोटिएको छ । 

ABC track photo (3)

पहिले बेशीशहरबाट हिँड्दा पाँचौँ दिनमा मनाङ गाउँ पुगिन्थ्यो भने अहिले काठमाडौँबाट सवारी साधनमा हिँडेकै दिन मानिसहरू मनाङ गाउँ पुगेर बास बस्छन् ।

ABC track photo (4)

त्यस्तै बागलुङ–पोखरा सडकखण्डको नयाँ पुलबाट यात्रा सुरु भएको पाँचौँ दिनमा पदयात्री अन्नपूर्ण बेसक्याम्प पुग्ने गरेकोमा अहिले तीन दिनमै पुग्छन् ।

ABC track photo (5)

यसरी सडक निर्माण गरी पदमार्ग मास्नाले अन्नपूर्ण चक्रीय पदमार्गको मौलिकता मासिँदै गएको छ, जसका कारण यसको विश्वव्यापी लोकप्रियता घट्ने जोखिम बढेको छ । जथाभाबी सडक निर्माणको काम रोकी यस पदमार्गलाई पैदलयात्री मैत्री बनाउन आवश्यक देखिन्छ । तस्बिर : क्षितिज तामाङ (नेपाल फोटो लाइब्रेरी)

ABC track photo (7)ABC track photo (8)ABC track photo (9)ABC track photo (10)ABC track photo (11)ABC track photo (12)ABC track photo (13)ABC track photo (14)ABC track photo (15)ABC track photo (16)ABC track photo (17)ABC track photo (18)ABC track photo (19)ABC track photo (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप