खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न
खोटाङ । जिल्लाको बराहपोखरी गाउँपालिकामा यस आर्थिक वर्षमा ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न भएका छन् ।
गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा दिइएको जानकारीअनुसार सम्झौता गरिएकामध्ये २६ वटा योजना सम्पन्न हुन बाँकी छन् ।
गाउँपालिकाले चालु आर्थिक वर्षको कूल बजेटमध्ये ५८.५७ प्रतिशत खर्च गरेको लेखा अधिकृत छत्रबहादुर बानियाँले जानकारी दिनुभयो । लेखा अधिकृत बानियाँका अनुसार चालुतर्फ ६३.६४ र पुँजीगततर्फ ४७.९४ प्रतिशत बजेट खर्च गरेको हो ।
चालु आर्थिक वर्षका लागि गाउँपालिकाको बजेट रु ३२ करोड ९२ लाख ३५ हजार छ । सङ्घीय समानीकरणतर्फ रु पाँच करोड ४६ लाख ७० हजारमध्ये हालसम्म रु चार करोड ४५ लाख ७५ हजार खर्च भएको छ ।
सशर्त अनुदानतर्फ रु १३ करोड ३८ लाख ४९ हजार प्रक्षेपण गरिएकोमा रु १० करोड चार लाख चार हजार आम्दानी हुँदा रु नौ करोड २० लाख ९५ हजार खर्च भएको छ ।
गाउँपालिकामा बिहीबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयवासीले गाउँपालिकाबाट सम्पादित योजनामाथि जिज्ञासा राखेका थिए । उनीहरुले गाउँपालिकाबाट सम्पादन हुने कार्यक्रम जनमुखी बनाउँदै गुणस्तरमा ध्यान दिन सुझाव दिए ।
गाउँपालिका प्रमुख शालिकराम बञ्जरा, उपप्रमुख भूबलराज राई, प्रमुख प्रशासकीय अधिकृत दिलकुमार अधिकारीलगायतले जिज्ञासाको जवाफ दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
-
११ जिल्लामा फैलियो बर्ड फ्लुको प्रकोप, पन्छीमा अन्य रोग पनि थपिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण