सोमबार प्रचण्ड सुर्खेत आउँदै, वाइसीएलको प्रदेश सम्मेलनमा सहभागी हुने
सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार सुर्खेत आउने भएका छन्।
माओवादी निकट योङ कम्युनिस्ट लिग (वाइसीएल) को प्रदेश सम्मेलनलाई सम्बोधन गर्नका लागि उनी सुर्खेत आउन लागेको माओवादी कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्लले जानकारी गराए ।
सम्मेलन २९ र ३० गतेसम्म चल्ने बताइएको छ। वाइसीएलले जेठ १७, १८ र १९ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ। सोही अनुसार कर्णाली प्रदेशका ९ जिल्लाका वडा, पालिका र जिल्ला तहमा सम्मेलनहरू सम्पन्न भएका छन्।
वीरेन्द्रनगरमा हुने प्रदेश सम्मेलनमा सहभागी हुन १० वटै जिल्लाका ७१८ वडा स्तरबाट १र१ जना प्रतिनिधिहरू छनौट भइसकेको सङ्गठनका प्रदेश अध्यक्ष शोभाकर भण्डारीले बताए।
'वाइसीएलको यो सम्मेलनले देशमा विद्यमान भ्रष्टाचार बेथिति, कालोबजारी अनियमितता, अराजकतालाई तह लगाउन, र सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न उत्पादन नवप्रवर्द्धन युवा रोजगारी सृजना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उद्देश्य लिएको छ,' उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीले कृषि विकासका लागि २ अर्ब बजेट छुट्ट्यायो
-
प्रधानमन्त्री देशको भन्दा छिमेकीको पक्षमा उभिए : शंकर पोखरेल
-
बागमती प्रदेशले ६ अर्ब ५१ करोड रुपैयाँ वित्तिय हस्तान्तरण गर्ने
-
‘करको दर हेरफेर गर्ने अर्थमन्त्री वाग्लेले तत्काल राजीनामा दिनुपर्छ’
-
बागमती सरकारले विपन्न परिवारलाई आवास उपलब्ध गराउने
-
सुरु भयो कर्णालीको बजेट भाषण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण