जम्मू–कश्मीरमा फेरि गोलाबारी, मुख्यमन्त्रीले गरे यस्तो अपिल

नयाँ दिल्ली । भारतको जम्मू–कश्मीर क्षेत्रमा शुक्रबार साँझदेखि फेरि गोलाबारीको आवाज सुन्न थालिएको छ । श्रीनगरमा रहेका बीबीसीका संवाददाता माजिद जहाँगीरले कुपवाडा, करनाह, तंगधार, उरी र पुंछमा स्थानीय समय अनुसार साँझ ७ः२० बजेदेखि गोलाबारी सुरु भएको जनाएका छन् ।
एएनआई न्यूज एजेन्सीका अनुसार उत्तरी क्षेत्रमा गोली र विस्फोटका आवाज सुनिएको छ । पठानकोटमा पनि विस्फोटको आवाज सुनिएको बीबीसी संवाददाताले जनाएका छन् ।
यसैबिच जम्मू–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले जम्मूमा ‘ब्ल्याक आउट’ भएको र साइरनको आवान सुनिएको जनाएका छन् ।
‘जहाँ म छु, त्यहाँ छिनछिनमा विस्फोटको आवाज आइरहेको छ, सम्भवतः ठुलो तोपको आवाज सुनिएको छ,’ उनले ‘एक्स’मा लेखेका छन्, ‘जम्मू र आसपासमा रहेका सबैमा मेरो विनम्र अपिल छ, कृपया सडकमा ननिस्कनु होला । घरमै बस्नुस् वा कुनै यस्तो ठाउँमा बस्नुस्, जहाँ केही घण्टासम्म आरामले रहन सकियोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् राशिफल
-
यसरी फिर्ता हुँदै छ लिच्छविकालीन इखा पुखु (तस्बिरहरू)
-
रुपन्देहीमा पेस्तोलसहित दुई युवा पक्राउ
-
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?
-
गभर्नरको रेसमा रहेका श्रेष्ठले राष्ट्र बैंकबाट पाए अवकाश, राजीनामाबारे यस्तो प्रस्टोक्ति