बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने बताएका छन् । काठमाडौँको नागार्जुन नगरपालिका–७ मा स्थापना भएको बद्रीनारायण धामको प्राणप्रतिष्ठा कार्यक्रममा आज सहभागी भएका मुख्यमन्त्री लामाले धार्मिक पर्यटकीय गन्तव्यका रूपमा बद्रीनारायण धामलाई अगाडि बढाउन प्रदेश सरकार लाग्ने बताए ।
मुख्यमन्त्री लामाले बागमती प्रदेश सरकारले पर्यटकीय सम्भावना बोकेका क्षेत्रलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको भन्दै भर्खरै निर्माण भएको बद्रीनारायण धामलाई पनि पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने उल्लेख गरे । उनले बद्रीनारायण धामको पूर्वाधार विकासमा बागमती प्रदेश सरकारले सहयोग गर्ने बताए । ‘बोलेर होइन, काम गरेर देखाउने बेला आएको छ, यस धामको प्रवर्द्धनमा बागमती प्रदेश सरकारले काम गर्छ’, उनले भने ।
नारायण पोखरेल प्रतिष्ठानका अध्यक्ष एवं प्रमुख संरक्षक दिनबन्धु पोखरेलले धामको विकासका लागि स्थानीय तहसँगै प्रदेश सरकार र केन्द्रीय सरकारको साथ र सहयोग आवश्यक रहेको बताएका थिए । धामको विकासका लागि नारायण पोखरेल प्रतिष्ठानले काम गर्दै आइरहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण