कर्णाली नदीमा डुबेर दुई किशोर बेपत्ता
सुर्खेत । कर्णाली नदीमा डुबेर शुक्रबार दुई जना किशोर बेपत्ता भएका छन् । नदीमा डुबेर कालिकोटको नरहरीनाथ गाउँपालिका—१, कोटबाडाका १६ वर्षीय विराज विष्ट र दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका—९, डौँसुरका १६ वर्षीय भुवन सावन बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी लालबहादुर सुनारका अनुसार साउँद शुक्रबार बिहान १०ः३० बजेतिर चामुण्डाबिन्द्रासैनी नगरपालिका—७, अन्तर्गत पर्ने लामादुवाला स्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् ।
‘पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको कुरा स्थानीयले प्रहरीलाई खबर गरेका थिए,’ सुनारले रातोपाटीसँग भने, ‘लगत्तै प्रहरी टोली र स्थानीय मिलेर अहिले खोजी कार्य भइरहेको छ । अहिलेसम्म पत्ता लागेको छैन ।’
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक वीरबहादुर सुनारका अनुसार विष्ट शुक्रबार दिउँसो पचालझराना गाउँपालिका—४, को को चाँटेबगर स्थिती कर्णालीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् । उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण