कर्णालीका हिमाली जिल्लामा उत्पादन हुने कृषि उपजको उत्पादन र बजारीकरणमा मूल्य समायोजन गरिने
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा उत्पादन हुने कृषि बस्तुको उत्पादन र बजारीकरणमा मूल्य समायोजन गरिने भएको छ।
प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले त्यसका लागि तयारी गरेको हो । कर्णालीका कृषिमन्त्री भीम प्रकाश शर्माले भू–गोलको विकटतासँगै उत्पादनको हिसाबले पनि कमजोर रहेको भन्दै हिमाली क्षेत्रमा उत्पादन हुने कृषि उपज र बजारीकरणको समायोजन हुने बताए ।
मन्त्री शर्माले प्रदेशमा भएको रैथाने बाली उत्पादनमा संरक्षण र बजारीकरण गर्न प्रदेश सरकारले कृषि उपज उत्पादन र बजारीकरणको लागि समायोजन नीति लिएको बताए । सोही अनुरूप काम गरिने उनको भनाइ छ।
‘कर्णालीमा पोषणयुक्त खाद्यान्न उत्पादन पनि हुने र कुपोषणबाट बालबालिका ख्याउटे पुड्का पनि हुने तथ्याङ्कको गलत परिभाषा सच्याउन आवश्यक छ,’ उनले भने,‘कोदो खानेलाई गरिब भनिन्छ, नेपालमा गरिबीको संख्या पनि बढ्दो छ । तर गरिबी हुने कारण उत्पादन बस्तुको मूल्य तय नगर्दा समस्या भएको हो । कर्णाली जे बेच्छ मूल्यवान बस्तु नै बेच्छ भन्ने तथ्य प्रमाणित गर्न मूल्यवान् लोगो निर्माण गरी कर्णालीको रैथाने उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रदेश सरकार बजारीकरण गर्न तयार छ ।’
दक्षिण एसियामा भारतपछि कोदो उत्पादनमा दोस्रो मुलुक नेपाल भएको भन्दै उनले कोदो र कोदो जन्य लट्टे, चिनो, कागुनो उत्पादनलाई प्रोसेसिङ्ग, लेवलिङ्ग र प्याकेजिङ्ग गरी अन्तर्राष्ट्रिय बजारीकरण गर्न प्रदेश सरकार उत्पादन र ढुवानीमा अनुदान दिने बताए ।
मन्त्री शर्माले उच्च हिमाली क्षेत्रमा च्याङ्ग्रा, चौरी, मुसे, भेडा कार्यक्रम र हुम्लाको तल्लो भू–गोलमा सुन्तला, कागती र फलफूल कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारले पकेट क्षेत्र विकास कार्यक्रम बिस्तार गर्ने बताए । उनले त्यसबाट उत्पादन वृद्धि र दिगो कृषिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिन ऊर्जामन्त्री भारत प्रस्थान
-
तिहारको मौका छोपेर राइड सेयरिङको नाममा ठगीधन्दा
-
स्पेन सरकारले बाढी प्रभावित क्षेत्रमा थप ५ हजार सेना पठाउने
-
दीपावलीको पाँचौँ दिन मिथिला क्षेत्रमा ‘गोधन’ पर्व मनाइयो
-
भारतमा रहेका प्रवासी नेपालीहरूले धूमधामसँग मनाए तिहार
-
टेस्ट शृंखलामा भारतलाई उसैको घरमा पराजयको स्वाद चखाउने यी ६ राष्ट्र र कप्तानहरु