अष्ट्रेलियाको सिड्नीमा ‘प्रकाश सपुत लाइभ इन कन्सर्ट’ डिसेम्बर १७ मा हुने
सिड्नी । नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक प्रकाश सपुतले अष्ट्रेलियाको सिड्नीमा यही आउँदो डिसेम्बर १७ तारिख २०२३ आइतबारका दिन प्रस्तुति दिने भएका छन् ।
जाले रुमाल फाट्यो, दमाइ महाराज, फुलमाया सकम्बरी, ‘कुरा बुज्न पर्च, गलबन्दी च्यातियो तिमीले तानेर, केटाहरू नबन सोझो, बोल माया, यो देश मेरो पनि हैन र, तिम्रो मायाले मलाई पिर दियो जस्ता लोकप्रिय गीत नेपाली सांगीतिक जगतमा पस्किएका सपुतलाई याक एण्ड यति इभेन्ट र यात्री इन्टरटेनमेन्टको संयुक्त रुपमा ल्याउन लागेको याक एण्ड यति ईभेण्टका सञ्चालक आशिष भण्डारीले जानकारी गराएका छन् ।
नेपाली सांगीतिक क्षेत्रमा सर्वाधिक चर्चामा रहेका लोकप्रिय गायक तथा नायक प्रकाश सपुतको साथमा गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ३’ की विजेता गायिका सज्जा चौलागाईं र गायक कुमा सागरको समेत प्रस्तुति रहने यात्री इन्टरटेनमेन्टका रबिन थापाले बताए । कार्यक्रम १०५ भिक्टोरिया रोड मेरिक्भिल एनएसडब्लु सिड्नी अष्ट्रेलियामा साँझ ७ बजे देखि ११ बजे सम्म हुने आयोजकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण