फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
सारांश
- फिलिपिन्समा सोमबार गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी ३ जनाको मृत्यु भएको छ र ५ जना घाइते भएका छन्।
- भूकम्पले ३७ वटा भवनमा क्षति पुर्याएको छ, जसमध्ये अधिकांश व्यावसायिक भवनहरू छन्।
- भूकम्पपछि मिन्डानाओका विभिन्न स्थानमा १.४ मिटरसम्म अग्लो सुनामीका छालहरू रेकर्ड गरिएका छन् र सुनामी चेतावनी कायमै छ।
मनिला । फिलिपिन्समा सोमबार गएको भूकम्पमा परेर कम्तीमा ३ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । अरू ५ जना घाइते भएको बताइएको छ ।
भूकम्पमा ३७ वटा भवनमा क्षति भएको बताइएको छ । यीमध्ये अधिकांश व्यावसायिक भवन छन् । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।
शक्तिशाली भूकम्पपछि फिलिपिन्सका दक्षिणी क्षेत्रमा सुनामीका छालहरू रेकर्ड गरिएको छ । फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्था फिलिपिन्स, ज्वालामुखी र भूकम्प विज्ञान संस्थान (फिभोल्क्स)का अनुसार मिन्डानाओका ६ स्थानमा सुनामीका छालहरू मापन गरिएको छ ।
संस्थाका अनुसार प्रभावित क्षेत्रहरू मुख्य रूपमा मिन्डानाओको दक्षिणी तटीय क्षेत्रमा रहेका छन् । स्थानीय समयअनुसार बिहान ७ः ४२ देखि ८ः ४५ बजेसम्म छालहरू अवलोकन गरिएको थियो । रेकर्ड गरिएका छालहरूमध्ये सबैभन्दा ठुलो छालको उचाइ १ दशमलव ४ मिटर थियो ।
फिभोल्क्सले फिलिपिन्सका लागि जारी गरिएको सुनामी चेतावनी अझै कायम रहेको जनाएको छ । अधिकारीहरूले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सरकारी निर्देशन पालना गर्न आग्रह गरेका छन् । स्थानीय समयअनुसार बिहान ११ बजेसम्म १३८ वटा परकम्पन रेकर्ड गरिएको फिभोल्क्सले जनाएको छ ।
परकम्पनहरूको तीव्रता १ दशमलव ३ देखि ६ दशमलव ७ म्याग्निच्युडसम्म रहेको छ । भूकम्पविद्हरूले आगामी घण्टा तथा दिनहरूमा थप परकम्पन आउन सक्ने भएको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
-
४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद
-
बजेटभन्दा मुलुकको अस्मिता र राष्ट्रियता महत्वपूर्ण, सरकार जवाफदेही बनेन: सांसद केरुङ
-
प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति कि पुष्टि हुनुपर्छ कि सच्चाइनुपर्छ : बराल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण