सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो

सोमबार, २५ जेठ २०८३, ११ : २७
सोमबार, २५ जेठ २०८३

सारांश

  • नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेर २ लाख ९९ हजार ९०० रुपैयाँ कायम भएको छ ।
  • यसअघि आइतबार छापावाल सुन प्रतितोला ३ लाख ८०० रुपैयाँमा कारोबार भएको थियो ।
  • यद्यपि, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ९०५ रुपैयाँ पुगेको छ ।

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो ।

महासंघले निर्धारण गरेको नयाँ मूल्यसूची अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि हिजो सुन प्रतितोला ३ लाख ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ११५ रुपैयाँ कायम गरिएको छ ।

सुनको मूल्य घटे पनि चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ९०५ रुपैयाँ पुगेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार २०५ रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावकै कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा फेरबदल हुने गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप