सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अनमोलको ‘फर्की फर्की’मा भित्रिए समृद्धि र रवि

शुक्रबार, १९ असोज २०८०, १२ : ५०
शुक्रबार, १९ असोज २०८०

काठमाडौँ । अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘फर्की फर्की’को मुख्य कलाकारको रूपमा समृद्धि अर्याल र रवि काफ्ले भित्रिएका छन् । निर्माण युनिटले अडिसन मार्फत यी कलाकार छनौट गरेको हो । समृद्धि र रवि भित्रिएसँगै फिल्मको कलाकार लाइनअप पुरा भएको निर्माता रोहित अधिकारीले बताए ।

सुयोग गुरुङको निर्देशन रहेन फिल्म रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानीमा बन्न लागेको हो । सुयोगकै कथा तथा पटकथा रहेको यो फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माता रहेका छन् ।

फिल्मको छायाङ्कन तिहारको लक्ष्मीपूजा (कार्त्तिक २६) बाट सुरु  हुँदै छ । नरेन्द्र मैनालीकाे छायाङ्कन रहने फिल्ममा रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहनेछ । एमएसएम इन्टरटेनमेन्टले बिदेश बितर गर्ने फिल्मको काफिया फिल्मस्ले उपत्यका र कुबेर फिल्मस्ले उपत्यका बाहिर वितरण गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप