अनमोलको ‘फर्की फर्की’मा भित्रिए समृद्धि र रवि
काठमाडौँ । अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘फर्की फर्की’को मुख्य कलाकारको रूपमा समृद्धि अर्याल र रवि काफ्ले भित्रिएका छन् । निर्माण युनिटले अडिसन मार्फत यी कलाकार छनौट गरेको हो । समृद्धि र रवि भित्रिएसँगै फिल्मको कलाकार लाइनअप पुरा भएको निर्माता रोहित अधिकारीले बताए ।
सुयोग गुरुङको निर्देशन रहेन फिल्म रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानीमा बन्न लागेको हो । सुयोगकै कथा तथा पटकथा रहेको यो फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माता रहेका छन् ।
फिल्मको छायाङ्कन तिहारको लक्ष्मीपूजा (कार्त्तिक २६) बाट सुरु हुँदै छ । नरेन्द्र मैनालीकाे छायाङ्कन रहने फिल्ममा रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहनेछ । एमएसएम इन्टरटेनमेन्टले बिदेश बितर गर्ने फिल्मको काफिया फिल्मस्ले उपत्यका र कुबेर फिल्मस्ले उपत्यका बाहिर वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण