चलचित्र ‘वानर सेना’को प्रिमियर
काठमाडौँ । नेपाली चलचित्र ‘वानर सेना’को प्रिमियर शो भएको छ । शुक्रबार काठमाडौँमा प्रिमियर शो भएको हो ।
चलचित्र ‘वानर सेना’ आजदेखि प्रदर्शनमा आएको छ । चलचित्रमा प्रेम र द्वन्द्वको मिश्रण छ । अर्पण गिरीले निर्देशन गरेको चलचित्रमा उनीसँगै आरजु प्रसाईं, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किसनबाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साह, कमला विष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रको प्रिमियर शोपछि बोल्दै अभिनेता शोभित बस्नेतले सम्पूर्ण नेपाली चलचित्रलाई आफूले मन पराउने र नेपाली चलचित्रलाई साथ र सहयोग गर्न आवश्यक रहेको बताए ।
निर्देशक गिरीले नै लेखेको चलचित्रमा विनोद सापकोटाको छायाङ्कन, जोन तामाङको सङ्गीत, प्रवीण ढकालको रङ्ग संयोजन, नारायण रिजालको नृत्य निर्देशन, शङ्कर महर्जन र आरके श्रीको द्वन्द्व निर्देशन रहेको छ । चलचित्र युवराज गिरीले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण