हुम्लामा अन्तर्राष्ट्रिय कोदो दिवस कार्यक्रम
हुम्ला । कृषि विकास कार्यालय सिमकोट हुम्लाको आयोजनामा कोदो बाली विकास एवं प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रसाद शर्माको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा जलस्रोत, ऊर्जा तथा खानेपानीमन्त्री उर्मिला विश्वकर्मा, कर्णाली प्रदेशसभा सदस्य जुम्कित लामा, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, हुम्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष नाङग्मेल तामाङ, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय किसानलगायतको उपस्थिति थियो ।
संयुक्त राष्टसङ्घले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने आह्वान गरेअनुरुप आयोजित उक्त कार्यक्रममा स्थानीय कृषि उपजको प्रदर्शनी पनि गरिएको थियो ।
कोदोको पौष्टिक पक्ष तथा त्यसबाट बनेका परिकारबाट मानव शरीरलाई हुने लाभबारे जानकारी दिँदै मन्त्री शर्माले कर्णाली प्रदेशका ११ वटै जिल्लामा कोदोखेती गर्न किसानहरूलाई आग्रह गरे । पहाडी भेग र कम पानी पर्ने कमसल जमिनमा पनि कोदोखेती गर्न सकिने भएकाले त्यसतर्फ लाग्न उनले आह्वान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकको बढ्दो आकर्षणले निम्त्याउने चुनौती र अवसर
-
म्याग्दे गाउँपालिकाले सगरमाथा आरोहण गर्नेलाई पाँच लाख दिने
-
आज पनि माइतीघरमा सुकुमबासीहरुको प्रदर्शन
-
लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर
-
चिनियाँ बक्स अफिस हिट ‘डियर यू’ ले सिङ्गापुरमा छेडेको पहिचान बहस
-
उदयपुरमा टिपर दुर्घटना, ७ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण