चर्चित गीत ‘घाम जस्तो जुन हुँदैन’ नयाँ भर्सनमा
काठमाडौँ । चर्चित लोकदोहोरी गीत ‘घाम जस्तो चम्किलो जुन हुँदैन’ नयाँ भर्सनमा आएको छ । करिब १५ वर्षअघि गायक पुरुषोत्तम न्यौपाने र गायिका बीमाकुमारी दुराको स्वरमा आएको यो गीतलाई नयाँ पुस्ताका कुशल बेलबासे र सुनिता बुढा क्षेत्रीको स्वरमा आएको हो ।
गीतको संगीत संयोजक भने पहिलेकै विनोद बाजुरालीले गरेका हुन् । डा.सिबा सुवेदीको शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडियो ‘दृष्यमा खप्तड’ अभियान अन्तर्गत निर्माण भएको छ । जसको निर्देशन पत्रकार डिबी खड्काले गरेका छन् ।
सनम कठायत र सरिता ढुंगानाको अभिनय रहेको भिडियो सिनेमाटोग्राफी दिपक गिरीले गरेका हुन् । सम्पादन र कलर प्रविन भट्ट रहेका छन् । आफ्नो संगीत करियरको टर्निङ प्वाइन्टका रुपमा रहेको गीतलाई नयाँ पुस्तामाझ पु¥याउन नयाँ भर्सनमा सार्वजनिक गरिएको गीतकार सुवेदीले बताए ।
उनले भने, ‘आफूलाई मन परेको सिर्जना नयाँ पुस्ताका दर्शकस्रोता माझ पुर्याउने धोको थियो । पूरा भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण