चर्चित गीत ‘घाम जस्तो जुन हुँदैन’ नयाँ भर्सनमा

काठमाडौँ । चर्चित लोकदोहोरी गीत ‘घाम जस्तो चम्किलो जुन हुँदैन’ नयाँ भर्सनमा आएको छ । करिब १५ वर्षअघि गायक पुरुषोत्तम न्यौपाने र गायिका बीमाकुमारी दुराको स्वरमा आएको यो गीतलाई नयाँ पुस्ताका कुशल बेलबासे र सुनिता बुढा क्षेत्रीको स्वरमा आएको हो ।
गीतको संगीत संयोजक भने पहिलेकै विनोद बाजुरालीले गरेका हुन् । डा.सिबा सुवेदीको शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडियो ‘दृष्यमा खप्तड’ अभियान अन्तर्गत निर्माण भएको छ । जसको निर्देशन पत्रकार डिबी खड्काले गरेका छन् ।
सनम कठायत र सरिता ढुंगानाको अभिनय रहेको भिडियो सिनेमाटोग्राफी दिपक गिरीले गरेका हुन् । सम्पादन र कलर प्रविन भट्ट रहेका छन् । आफ्नो संगीत करियरको टर्निङ प्वाइन्टका रुपमा रहेको गीतलाई नयाँ पुस्तामाझ पु¥याउन नयाँ भर्सनमा सार्वजनिक गरिएको गीतकार सुवेदीले बताए ।
उनले भने, ‘आफूलाई मन परेको सिर्जना नयाँ पुस्ताका दर्शकस्रोता माझ पुर्याउने धोको थियो । पूरा भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरु: मन्त्री खड्का
-
तेलअभिव र हाइफा मुख्य निशाना: इरान
-
तेहरानमाथि इजरायली आक्रमण, इरानको दोस्रो लहरमा सय मिसाइल प्रहार
-
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृत्यु
-
इजरायली आक्रमण जारी रहेसम्म आणविक वार्ता सम्भव छैन: इरानी राष्ट्रपति
-
नेतन्याहूको अमेरिकीहरूप्रति अपिलः ‘हाम्रो दुस्मन तपाईँहरूको पनि हो’