स्याङ्तानलाई सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड
शनिबार, २० असोज २०८०, ११ : २०
काठमाडौँ । 'दोस्रो राष्ट्रिय एक्टिभ म्युजिक अवार्ड २०८०' मा सर्वोत्कृष्ट तामाङ सेलो गायिकाको अवार्ड गायिका सुस्मिता स्याङ्तानले प्राप्त गरेकी छिन् । तामाङ सेलो गीत 'सगुन छ्योइजी'बाट उनले अवार्ड प्राप्त गरेकी हुन् ।
एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लिद्वारा आयोजित उक्त कार्यक्रम नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यमा चलचित्र विकास बोर्ड चाबहिलको सभा हलमा सम्पन्न भएको हो । एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लि.का कार्यकारी प्रमुख बिजेन्द्र नौबागे को सभापतित्वमा कार्यक्रम कार्यक्रम सम्पन्न भएको हो ।
स्याङ्तान रोयल फिल्मसले आयोजना गरेको चौथो ज्योति फिल्म्स अवार्डमा कला सम्मान,पहिलो लाङ्टाङ राष्ट्रिय म्युजिक अवार्ड २०८० बाट सर्वोत्कृष्ट सेलो गायिकाको अवार्ड, सुपादेउराली म्युजिक प्रा.लिद्वारा सम्मानित भइसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण