२७६ जना स्वास्थ्यकर्मी हटाइएपछि वीर अस्पतालको सेवा प्रभावित
काठमाडौँ । वीर अस्पताल प्रशासनले आइतबारदेखि कोभिड–१९ महामारीका समयमा करार सेवामा राखिएका नर्सलगायत २७६ जना स्वास्थ्यकर्मी हटाएपछि अस्पतालले दिँदै आएको सम्पूर्ण सेवा प्र्रभावित भएको छ ।
आइतबार तय गरिएका शल्यक्रिया भएनन्। वीर अस्पताल प्रशासनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड महामारीका बेला राखिएका कर्मचारीलाई तलब भत्ताका लागि बजेट अभाव रहेकाले करार अवधि नथप्न निर्देशन दिएपछि बाध्य भएर हटाएको जानकारी दिएको छ ।
वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई निष्कासन गरेसँगै सम्पूर्ण सेवा प्रभावित बन्न पुगेको जानकारी दिए । “उनीहरूलाई हटाउने चाहना होइन तर मन्त्रालयले तलब खुवाउने रकम नभएको र देश आर्थिक मन्दीमा भएकाले हटाउनु परेको हो,” उनले भने ।
उनले अर्थ र स्वास्थ्य मन्त्रालयले चाहेमा उनीहरूको पदावधि थप्न सकिने बताउनुभयो । ३९६ शय्या सञ्चालन हुँदै आएको वीरमा हाल नौ सय शय्या सञ्चालन भइरहेको छ । वीरमा अझै पनि जनशक्ति अभाव छ ।
डा। पौडेलका अनुसार वीर अस्पतालमा स्वास्थ्यकर्मी हटाइँदा न्युरोलोजी, युरोलोजी, ग्यास्ट्रो सर्जरी, डाइलासिस र प्रत्यारोपण सेवा पूर्ण रूपमा बन्द भएका छन्। न्युरो विभागमा कार्यरत १२ जना नर्समध्ये छ जना आइतबारबाट हट्दा न्युरो सेवा पूर्णतया बन्द हुन पुगेको छ । आइसियूका २३ शय्यामा बिरामी राख्न नसकिने भएको छ । नर्सिङ जनशक्ति हटेसँगै युरोलोजी शल्यक्रिया पूर्णतः बन्द हुन पुगेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी विदेशमन्त्री अराघची र हमास अधिकारीबिच भेटवार्ता
-
हेटौंडामा निर्माण व्यवसायी घिमिरेमाथि आक्रमण
-
काठमाडौँ उपत्यकाभित्रका सम्पदा क्षेत्रमा वार्म लाइट जडान गरिने
-
कुल निर्वाचन खर्चको करिब ६७ प्रतिशत रकम पराजित उम्मेदवारले खर्च गरेको रिपोर्ट सार्वजनिक
-
एक हजार भन्दा बढी मालवाहक जहाज समुन्द्रमै अलपत्र
-
सुनसरीमा जङ्गली जनावरबाट पीडितलाई राहत वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण