सशस्त्र प्रहरीको गीत ‘लाहुरे म त सोल्टिनी’ सार्वजनिक

काठमाडौँ । दसैँ नजिकिँदै गर्दा चाडपर्व लक्षित विभिन्न गीतसङ्गीत बजारमा भित्रिने क्रम बढ्दो छ । यस्तैमा दसैँको माहौलको वर्णन गरिएको सशस्त्र प्रहरीको गीत ‘लाहुरे म त सोल्टिनी’ सार्वजनिक भएको छ ।
रोमान्टिक लोक शैलीमा तयार गीतले देशको सशस्त्र पल्टनमा दसैँको माहौलले मनमा हर्षखुसी छाएको वर्णन गरेको छ । गीतमा चाडपर्वमा घर जान नपाए पनि पल्टनमा रमाइलो गर्दै मनाउनुपर्ने कुरा भनिएको छ ।
गायक सागर आले मगर र गायिका अस्मिता अधिकारीको युगल स्वर रहेको गीतका शब्द नरेश एमसीले कोरेका हुन् । ऋषि खड्काको सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन केशव बाबुको छ ।
गीतको भिडियो पनि आकर्षक बनेको छ । भिडियोमा सशस्त्र पल्टन भित्र दसैँमा आफ्नो सिनियरबाट टिका थापेपछि नाचगान चलनलाई चित्रण गरिएको छ । भिडियोमा नरेश एमसी, वर्षा ठकुरी, विष्णुराम भण्डारी, अञ्जली अधिकारी लगायत थुप्रै सशस्त्र प्रहरी जवानको नृत्य देख्न सकिन्छ ।
स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशन रहेको भिडियोमा अजय रेग्मीको छायाङ्कन तथा नवीन घर्ती मगरको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेलअभिव र हाइफा मुख्य निशाना: इरान
-
तेहरानमाथि इजरायली आक्रमण, इरानको दोस्रो लहरमा सय मिसाइल प्रहार
-
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृत्यु
-
इजरायली आक्रमण जारी रहेसम्म आणविक वार्ता सम्भव छैन: इरानी राष्ट्रपति
-
नेतन्याहूको अमेरिकीहरूप्रति अपिलः ‘हाम्रो दुस्मन तपाईँहरूको पनि हो’
-
इरानका उत्तर–पश्चिमी प्रान्तमा ३१ जनाको मृत्यु, आक्रमणबाट सयौं प्रभावित