सशस्त्र प्रहरीको गीत ‘लाहुरे म त सोल्टिनी’ सार्वजनिक
काठमाडौँ । दसैँ नजिकिँदै गर्दा चाडपर्व लक्षित विभिन्न गीतसङ्गीत बजारमा भित्रिने क्रम बढ्दो छ । यस्तैमा दसैँको माहौलको वर्णन गरिएको सशस्त्र प्रहरीको गीत ‘लाहुरे म त सोल्टिनी’ सार्वजनिक भएको छ ।
रोमान्टिक लोक शैलीमा तयार गीतले देशको सशस्त्र पल्टनमा दसैँको माहौलले मनमा हर्षखुसी छाएको वर्णन गरेको छ । गीतमा चाडपर्वमा घर जान नपाए पनि पल्टनमा रमाइलो गर्दै मनाउनुपर्ने कुरा भनिएको छ ।
गायक सागर आले मगर र गायिका अस्मिता अधिकारीको युगल स्वर रहेको गीतका शब्द नरेश एमसीले कोरेका हुन् । ऋषि खड्काको सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन केशव बाबुको छ ।

गीतको भिडियो पनि आकर्षक बनेको छ । भिडियोमा सशस्त्र पल्टन भित्र दसैँमा आफ्नो सिनियरबाट टिका थापेपछि नाचगान चलनलाई चित्रण गरिएको छ । भिडियोमा नरेश एमसी, वर्षा ठकुरी, विष्णुराम भण्डारी, अञ्जली अधिकारी लगायत थुप्रै सशस्त्र प्रहरी जवानको नृत्य देख्न सकिन्छ ।
स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशन रहेको भिडियोमा अजय रेग्मीको छायाङ्कन तथा नवीन घर्ती मगरको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण