अञ्जु पन्तले ल्याइन् हिन्दी गीत 'जिन्दगीकी राहो मे'
बिहीबार, २५ असोज २०८०, ०९ : ४४

काठमाडौँ । बहुचर्चित गायिका अञ्जु पन्तको स्वरमा हिन्दी गीत जिन्दगीकी राहो मे बोलको गीतको भिडियो सार्वजनिक भएको छ । वरिष्ठ गायक तथा सङ्गीतकार नागेन्द्र श्रेष्ठको सङ्गीत रहेको सार्वजनिक गीतका शब्द आयुष्मानका हुन् । जसमा राहुल प्रधानको एरेन्ज रहेको छ ।
पर्यटकीय स्थल खप्तडमा छायाङ्कन गरिएको भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेमको रमाइलो किस्सालाई देखाइएको छ । भिडियोमा मोडलद्वय मिसेल घिमिरे र आरके परियारको बेजोड अभिनय देख्न सकिन्छ । निर्देशक गौरव गिरीले भिडियो रिलिज गरेको केही घण्टामा नै राम्रो प्रतिक्रिया आइरहेको बताए ।
भिडियोको छायाङ्कन वसन्त कुँवर र सन्तोष कुँवरले गरेका हुन् । श्याम कुँवरले कलरिङ गरेको भिडियोको सम्पादन भद्र जङ्ग कुँवरले गरेका हुन् । भिडियो सङ्गीतकार श्रेष्ठकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवल्दारको मृत्यु
-
इजरायली आक्रमण जारी रहेसम्म आणविक वार्ता सम्भव छैन: इरानी राष्ट्रपति
-
नेतन्याहूको अमेरिकीहरूप्रति अपिलः ‘हाम्रो दुस्मन तपाईँहरूको पनि हो’
-
इरानका उत्तर–पश्चिमी प्रान्तमा ३१ जनाको मृत्यु, आक्रमणबाट सयौं प्रभावित
-
विमान दुर्घटनामा ज्यान गुमाउने 'क्याबिन क्रु' को कथा: अवकाश लिनेदेखि विवाहकाे तयारी सम्म
-
१२ बजे, १२ समाचार: बजेट आकार बढाउने ध्याउन्नमा कोशी सरकार, प्राध्यापकहरू आन्दोलित