अञ्जु पन्तले ल्याइन् हिन्दी गीत 'जिन्दगीकी राहो मे'
बिहीबार, २५ असोज २०८०, ०९ : ४४
काठमाडौँ । बहुचर्चित गायिका अञ्जु पन्तको स्वरमा हिन्दी गीत जिन्दगीकी राहो मे बोलको गीतको भिडियो सार्वजनिक भएको छ । वरिष्ठ गायक तथा सङ्गीतकार नागेन्द्र श्रेष्ठको सङ्गीत रहेको सार्वजनिक गीतका शब्द आयुष्मानका हुन् । जसमा राहुल प्रधानको एरेन्ज रहेको छ ।
पर्यटकीय स्थल खप्तडमा छायाङ्कन गरिएको भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेमको रमाइलो किस्सालाई देखाइएको छ । भिडियोमा मोडलद्वय मिसेल घिमिरे र आरके परियारको बेजोड अभिनय देख्न सकिन्छ । निर्देशक गौरव गिरीले भिडियो रिलिज गरेको केही घण्टामा नै राम्रो प्रतिक्रिया आइरहेको बताए ।
भिडियोको छायाङ्कन वसन्त कुँवर र सन्तोष कुँवरले गरेका हुन् । श्याम कुँवरले कलरिङ गरेको भिडियोको सम्पादन भद्र जङ्ग कुँवरले गरेका हुन् । भिडियो सङ्गीतकार श्रेष्ठकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण