काठमाडौँ महानगरद्वारा आँखा परीक्षणको निःशुल्क शिविर सञ्चालन
बिहीबार, २५ असोज २०८०, १२ : २६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आँखा परीक्षणको निःशुल्क शिविर सञ्चालन गरेको छ ।
नेपाल आँखा अस्पतालको सहकार्यमा महानगरपालिकाले विश्व दृष्टि दिवसको उपलक्ष्यमा बिहीबारबाट दुई दिने निःशुल्क शिविर सञ्चालन गरेको हो । काठमाडौँ महानगरपालिका कार्यक्षेत्रभित्र काम गर्ने सबै प्रकारका आम सञ्चार प्रतिष्ठानका पत्रकार, सञ्चारकर्मी, काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, महिला स्वास्थ्य स्वयंसेवकाहरु गरी १ हजार ५ सयदेखि २ हजार जनाको आँखा निःशुल्क परीक्षण हुने बताइएको छ ।
शिविरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल आँखा अस्पतालका कर्मचारी राम केसीले सुरक्षाकर्मी, पत्रकार सबैका लागि यो शिविर राखिएको बताए । उनले अप्रेसन गर्नुपर्ने भएकाहरूलाई पनि नेपाल आँखा अस्पतालमा सहुलियतमा उपचार गर्ने लक्ष्य रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण