गठबन्धनको भावनाअनुसार अगाडि बढ्न मुख्यमन्त्री कार्कीलाई देउवाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनको भावनाअनुसार अगाडि बढ्न आग्रह गरेका छन् ।
मुख्यमन्त्री कार्की शनिबार साँझ सभापति देउवा निवास धुम्बाराही पुगेका थिए । मुख्यमन्त्री नियुक्त भएपछि कार्की हिजो काठमाडौं आएका थिए ।
देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई भने, ‘हिजो साँझ उहाँ धुम्बाराही आउनुभएको छ । सभापतिले गठबन्धनको स्प्रीड अनुसार अगाडि बढ्न भन्नुभएको छ ।’
मुख्यमन्त्री कार्कीले पनि गठबन्धनको मर्मलाई आत्मासाथ गरेर अगाडि बढ्ने जवाफ दिएको भानुको भनाइ छ । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभापति देउवा र नेता शेखर कोइरालाबीच गठबन्धनलाई कायम राख्ने सहमति भएको थियो ।
गठबन्धनको निर्णयविरुद्ध भएका कोइराला पक्षीय कार्कीेले एमालेको समर्थनमा मख्यमन्त्री बनेका थिए । प्रधानमन्त्री प्रचण्ड, देउवा र कोइरालाबीच भएको सहमतिअनुसार कार्कीलाई गठबन्धनले पनि विश्वासको मत दिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पल र नीतिको रोमान्टिक अवतारमा खिचियो ‘चाहिँदैन मोहर’
-
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
-
मिथुन चक्रवर्तीको घर अवैध, वैध प्रमाणित गर्न नसके भत्काइने
-
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक निर्णायक उपलब्धि सावित हुने प्रचण्डको विश्वास
-
रियलले भित्र्यायो बोर्नमाउथका युवा डिफेन्डर
-
आईपीएल : आरसीबी फाइनल पुगेमा टोलीको हौसला बढाउन एबी डे भिलियर्स भारत आउने