गठबन्धनको भावनाअनुसार अगाडि बढ्न मुख्यमन्त्री कार्कीलाई देउवाको आग्रह
काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई गठबन्धनको भावनाअनुसार अगाडि बढ्न आग्रह गरेका छन् ।
मुख्यमन्त्री कार्की शनिबार साँझ सभापति देउवा निवास धुम्बाराही पुगेका थिए । मुख्यमन्त्री नियुक्त भएपछि कार्की हिजो काठमाडौं आएका थिए ।
देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई भने, ‘हिजो साँझ उहाँ धुम्बाराही आउनुभएको छ । सभापतिले गठबन्धनको स्प्रीड अनुसार अगाडि बढ्न भन्नुभएको छ ।’
मुख्यमन्त्री कार्कीले पनि गठबन्धनको मर्मलाई आत्मासाथ गरेर अगाडि बढ्ने जवाफ दिएको भानुको भनाइ छ । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभापति देउवा र नेता शेखर कोइरालाबीच गठबन्धनलाई कायम राख्ने सहमति भएको थियो ।
गठबन्धनको निर्णयविरुद्ध भएका कोइराला पक्षीय कार्कीेले एमालेको समर्थनमा मख्यमन्त्री बनेका थिए । प्रधानमन्त्री प्रचण्ड, देउवा र कोइरालाबीच भएको सहमतिअनुसार कार्कीलाई गठबन्धनले पनि विश्वासको मत दिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण