सुदूरपश्चिममा विकासको ढोका खुलेको छ : परराष्ट्रमन्त्री साउद
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले सुदूरपश्चिममा विकासको ढोका खुलेको बताएका छन्। सुदूरपश्चिममा प्रयाप्त सम्भावना र अवसर रहेको भन्दै मन्त्री साउदले सोही आधारमा विकासको ढोका खुलेको बताए।
सोमबार राजधानीमा सुदूरपश्चिम पत्रकार समाजद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले कुनै समय सुदूरपश्चिम केन्द्रसँग सम्पर्क विच्छेद भएको अवस्थामा रहेको तर, अहिले विकासको ढोका खुलेको बताए ।
अहिलेको बजेट प्रणालीका कारण नयाँ ठाउँमा पूर्वाधारको विकास गर्न बजेटको अभाव रहेको बताउँदै उनले विकास निर्माणको प्रकृया अगाडि बढाउने कुरामा सबै मिलेर अगाडि बढ्नुपर्ने बताए। बाहिर एनजीओ आईएनजीओले प्रचार गरेजस्तो विकृतिमात्र नभई थुप्रै सम्भावना र अवसर बोकेको उनको भनाई छ।
‘सुदूरपश्चिममा एनजीओ जान मान्दैनन। ६० प्रतिशत एनजीओ जति रूल नियम बनाएपनि बागमतीको दायरभन्दा बाहिर जान सकेका छैनन्’ उनले भने।
मन्त्री साउदले पत्रकारहरूले समेत प्रखर भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
‘सुदूरपश्चिममा मेडिकल विश्वविद्यालय खोल्न विधेयक अघि बढिसकेको छ। डडेल्धुरामा मेडिकल कलेज खोल्ने कुरा अघि बढिरहेको छ। उर्जाको क्षेत्रमा समेत धेरै कार्य अघि बढिसकेको छ। यसले सुदूरपश्चिमको विकासमा महत्त्वपूर्ण योगदान गर्नेछ’ मन्त्री साउदले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण